सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

साहित्य विविध / कविता

माघ ४, २०८०, खोटाङ

Image

दोबाटोमा कवि

 

  • तीर्थराज‘भाषित’
     

हो पहिले–पहिले कविहरू
कवितावाट पंचायतका विरूद्ध
कलम चलाउँथे र ..
प्रतिगमनका विरूद्ध 
सडक आन्दोलन गर्थे
कविको कलमको तापले
शासकको मुटु हल्लिन्थ्यो
सत्ता पल्टन्थ्यो र डराउँथे कविसँग ।

तर अहिलेका कविहरू
कोही कर्मचारीका नेता भएका छन्
र कोही भएका छन् झोले दलको झोले
कविले घटाए कलमको ओज 
र घटाए मर्यादा पनि
न कलम भ्रष्टाचारका विरूद्ध चल्छ 
न विकृतिका विरूद्ध चल्छ 
अहिले कविको कलम
ख्वामितको स्तुतिगान 
र जयजयकारका लागि मात्रै चल्छ ।

त्यसैले ,
आऊ कवि जन्माऊ कविता
तोड आस्थाका बाँधहरू,
आँधिहुरी भएर आऊ
चलाऊ निश्पक्ष कलम र 
जन्माऊ स्वतन्त्र कविताहरू
कविको मर्यादा बचाऊ 
र नघटाऊ कविताका ओजहरूलाई ।

हो,
अहिले 
कविता कविबाट हराए
कवि आस्थासँग डराए 
वस् दोबाटोमा अल्मलिए कवि  ।।

       00000000

[ तलका सिर्जनाहरु पनि पढ्नुहोस -

 कविता कहाँ छौ ?

तिमी फूल जस्तीकी, फूल तिमी जस्ती प्रिय ? }

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको छ...

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

Horoscopes Icon

All Horoscopes