सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन १४, २०८०, Khotang

Image

दिक्तेल सोल्मामा यो हप्ताभरि जुनियर खेलाडीहरुको रोचक फुटवल प्रतिस्पर्धा हुदै


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ सोल्मास्थित स्थानीय खेलमैदानमा सोल्मा स्पोर्टस् क्लब सोल्मा, खोटाङद्धारा आयोजना गरिएको ‘अण्डर–२३ वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८०’ उत्साहजनाक रुपमा प्रारम्भ भएको छ । २३ वर्ष उमेर नकाटेका जुनियर खेलाडीलाई लक्षित गर्दै आयोजना गरिएको अण्डर–२३ वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको आइतवार प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य सरस्वती वजिमयले क्लबको लोगो (चिन्ह) सहितको बेलुन उडाएर उद्घाटन गर्नुभएको हो ।

जिल्लाभरिका ७९ वटै वडाहरुका लागि खुला गरिएको प्रतियोगितामा १२ वडाको खेलाडीहरुले मात्र सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ ।  

प्रतियोगिताका विजेता टिम (टोली)ले नगद रु एक लाख २२ हजार २२२, उपविजेता हुने टिमले रु ७१ हजार १११ तथा दुई सेमिफाइनलिष्ट टिमलाई प्रतिटिम रु ३५ हजार ५५५ प्रदान गरिने क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभएको छ । प्रतियोगिताका विजेता, उपविजेता तथा दुईवटा सेमिफाइनलिष्ट टिमलाई नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।

खेलभरि उत्कृष्ट अनुशासन प्रदर्शन गर्ने टिमलाई रु पाँच हजार ५५५ र बेष्ट प्लेयरलाई रु पाँच हजार ५५५ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका बेष्ट किपर, बेष्ट डिफेन्डर, बेष्ट मिड फिल्डर, हाइ स्कोरर, बेष्ट कोच र राइजिङ प्लेयरलाई जनही रु तीन हजार ३३३ प्रदान गरिने जनाइएको छ ।

आगामी वैशाख–२० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रत्येक टिममा ११ जना खेलाडी एकै वडाको हुनुपर्ने तथा जिल्लाभित्रका चार र तीनजना खुला रहने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । प्रतियोगितामा किर्ते खेलाडी भएको ठहर भए सो टिमलाई रु २५ हजार जरिवानासहित तीन वर्षसम्म जिल्लाभरी प्रतिबन्ध लगाउन फुटबल सङ्घलाई सिफारिस गर्ने क्लबले जनाएको छ । खेलमा सहभागी भएबापत हरेक टिमलाई प्रोत्साहन स्वरुप रु पाँच हजार, पहिलो चरणमा विजयी हुने टिमलाई थप रु चार हजार, दोश्रो चरणमा विजयी हुँदा थप रु पाँच हजार र तेश्रो चरणमा विजयी हुने टिमलाई थप रु छ हजार प्रदान गर्ने जनाइएको छ ।

उद्घाटनका दिन  भेट्रान्सतर्फको प्रतियोगितामा आयोजक सोल्मा स्पोर्टस् क्लब सोल्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका विजयी भएका छन् । नेर्पा स्पोर्टस् क्लब नेर्पालाई १–० ले पराजित गर्दै सोल्मा र जिल्ला अस्पताल खोटाङलाई ३–० गोल अन्तरले पराजित गर्दै सोल्मा र नगरपालिकाले विजयी यात्रा शुरु गरेको हो । भेट्रान्स अन्तरगतको फाइनल खेल फागुन–१९ गते हुने आयोजकले जनाएको छ ।

भेट्रान्स अन्तरगतका प्रतियोगितामा छ टिमले सहभागिता जनाएको र प्रतियोगितामा विजयीले नगद रु दश हजार तथा उपविजेताले रु पाँच हजारको साथमा मेडल प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । 

अण्डर–२३ वडास्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तरगतको पहिलो खेल भने, सोमबार दिउँसोबाट शुरु हुने आयोजकले जनाएको छ । सोमबार दुईवटा खेल हुने र पहिलो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र खोटेहाङ गाउँपालिका–६ इन्द्रणीपोखरीबीच बिहान ११ः३० मा सञ्चालन हुने थाहा भएको छ ।

सानै उमेरदेखि खेलप्रति जागरुकता बढाउन र खेलको माध्यमबाट जिल्लालाई चिनाउन यस्ता खेलहरुको महत्व रहने भन्दै यो वर्ष सोल्मा स्पोर्ट्स क्लवले अण्डर–२३ वडास्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको जनाइएको छ  ।

प्रतियोगिता समापनको दिन एकजना पत्रकारलाई रु पाँच हजार ५५५ राशीको सोल्मा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने जनाइएको छ । २० गते सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा समापन हुने कार्यक्रममा चर्चित गायिका अस्मिता अधिकारी लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

खेल क्षेत्रको प्रवद्र्धन र  विकास गर्ने उद्धेश्यले २०७० सालमा स्थापना गरिएको सोल्मा स्पोर्ट्स क्लवले यो वर्ष २३ वर्षमुनिका जिल्ला भरिका फुटवल खेलाडीहरुका लागि  एकहप्ते चौथो वडास्तरीय पुरुष फूटवल प्रतियोगिताको आयोजना गरेर खेलक्षेत्रमा उदाहरणीय काम गरेको स्थानीयवासी बताउँछन् ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विध्युत शर्ट हुँदा एक घर पूर्णरुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.४ बडहरेमा स्थानीयहरु...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुर्ईचम्मा गाउँपालिका वडा नं. १ याम्खास्थित...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको रावाबेसी गाउँपालिका –४ डुम्रे धारापानीका अग्निपीडित परिवारलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विविध कार्यक्रमका साथ सप्ताहव्यापी रुपमा १३...

हलेसीन्युजडेस्क, खोटाङ/ जिल्ला प्रहरी कार्यालय खोटाङले सञ्चालनमा ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम...

Horoscopes Icon

All Horoscopes