सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

माघ ११, २०८१, Khotang

Image

दिक्तेल नगरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज भव्य समारोहका वीच उदघाटन सम्पन्न भएको छ । नगरपालिकाको आयोजना तथा जनजागृति माध्यमिक विद्यालय सोल्माको व्यवस्थापनमा नगरप्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज दिक्तेलस्थित माटिकोरे खेलमैदानमा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई पिकेद्धारा भव्य समारोहका वीच उद्घाटन सम्पन्न भएको हो ।

उद्घाटन पूर्व विभिन्न झाँकी सहित राष्ट्रिय झण्डा तथा प्लेकार्ड लिएर विध्यार्थी, शिक्षक, अभिभावक, खेलप्रेमी तथा स्थानीयहरुको सहभागितामा –यालीसहित वजार परिक्रमा पछि माटिकोरे खेलमैदानमा उदघाटन समारोहमा परिणत भएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा सामाजिक विकास मन्त्री राईले खेल क्षेत्रले राष्ट्रलाइृ विश्व सामु चिनाइरहेको बताउदै जिल्लाको लागि खेल क्षेत्रको प्रवद्र्धनमा कोशी प्रदेश सरकारको तर्फबाट हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विध्यालयका भाइवहिनीहरुलाई शैक्षिक पाठ्यक्रममै खेलप्रति अभिरुचि जगाउने पाठ्य सामाग्रीहरु समेटिनुपर्ने बताउनुभयो । मन्त्री राईले राष्ट्रपति रनिङ शिल्डको तयारी र व्यवस्थापनमा नगरपालिकाले चासोका साथ महत्व दिएकोमा खुशी प्रकट गर्नुभयो ।

आजदेखि माघ १४ गतेसम्म आयोजना गरिने प्रतियोगितामा छात्रछात्राको भलिवल, कबड्डी, एथ्लेटिक्स, कराते र तेक्वान्दो प्रतियोगिता सम्पन्न गराइनेछ । नगरपालिकाभित्रका २१ वटा सामुदायिक र ३ वटा संस्थागत गरी २४ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

उद्घाटन कार्यक्रमलाई विशेष समारोहका रुपमा सम्पन्न गर्न नगरपालिकाले जनाजागृति मावि सोल्मालाई व्यवस्थापनको जिम्मा प्रदान गरेको थियो । 

विगतमा पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिदै आएको भएपनि यो वर्ष विशेष महत्वका साथ प्रतियोगिताको आयोजना गरिन लागिएको नगरप्रमुख भट्टराईले बताउनुभयो । उहाँले खेल क्षेत्रमा अनुशासनको ठूलो महत्व रहन्छ भन्दै यसबाट अन्य क्षेत्रमा लागेका नागरिकहरुले पनि सिक्नु जरुरी रहेको बताउनुभयो । नगरप्रमुख भट्टराईले खेलकुद, कला, साहित्य, संगीतको प्रवद्र्धनमा नगरपालिकाको चासो रहेको बताउदै अन्य विकास निर्माणका साथै यी क्षेत्रहरुको समेत सन्तुलित विकास गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन पछि शुरु भएको मार्चपासमा श्री मावि बाँसवोटे उत्कृष्ट घोषित भएको छ । मार्चपासमा ६ विध्यालयहरु सहभागी भएका थिए । यस्तै एथलेटिक्स अन्तर्गत १५सय मिटर दौड पुरुष प्रतियोगितामा जनजागृति मावि साल्माका अनिश कार्की प्रथम, दिक्तेल इङ्लिस बोर्डिङ स्कुलका दावा तामाङ द्धितिय र कालिका मावि नेर्पाका विशाल मगर तेश्रो घोषित भएका छन् । १५ सय मिटर महिला दौडमा चम्पावती मावि वुइपाकी खुशी राई प्रथम, कालिका मावि नेर्पाकी सन्ध्या राई दोश्रो र दिक्तेल इङलिस बोर्डिङ स्कुलकी मन्दिरा थापा तेश्रो भएकाछन् । यस्तै सितेरियो कराँते र तक्वाण्डो प्रतियोगिता समेत शुरु भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका सहभागी विजेता खेलाडीलाई पदक तथा प्रत्येक विधामा विजेता विद्यालयलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । सबैभन्दा बढी स्वर्ण पदक विजेता विद्यालयलाई रनिङ शिल्डसँगै प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी हुन आएका विद्यालयलाई दुरी र संख्याको आधारमा यातायात खर्च उपलब्ध गराईने आयोजकले जनाएको छ। सहभागी विद्यार्थीलाई खान र बासको व्यवस्थापन गर्न सम्बन्धित विद्यालय र वडा कार्यालयलाई भनिएको छ ।

प्रतियोगिता गराउन नगरपालिकाले १० लाख बजेट बिनियोजन गरेको जानकारी दिईएको छ । 

विशेष महत्वका साथ आयोजना गरिन लागिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन माघ १४ गते जनजागृति मावि सोल्माको प्रांगनमा गरिने जनाइएको छ ।

[यो पनि--दिक्तेल नगरीमा आज राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन हुँदै ]
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको साकेला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं...

पालिकाको लागि प्रतिष्ठाको खेल खेल्न अध्यक्ष राईको सुझाव हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माघ १६ गते...

हलेसीन्युजडेस्क, खोटाङ / खोेटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पहिलो पटक त्रिभुवन...

Horoscopes Icon

All Horoscopes