सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

माघ ११, २०८१, Khotang

Image

दिक्तेल नगरीमा आज राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन हुँदै


हलेसीन्युजडेस्क, खोटाङ/

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज भव्य समारोहका वीच उदघाटन हुँदैछ । नगरपालिकाको आयोजना तथा जनजागृति माध्यमिक विद्यालय सोल्माको व्यवस्थापनमा पाँच विधामा ३१८ पदकका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज विहान ११ वजे दिक्तेलस्थित माटिकोरेमा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई पिकेद्धारा भव्य समारोहका वीच उद्घाटन हुने भएको हो ।

                तयारीका केहीँ झलकहरु

p

p

आजदेखि माघ १४ गतेसम्म आयोजना गरिने प्रतियोगितामा छात्रछात्राको भलिवल, कबड्डी, एथ्लेटिक्स, कराते र तेक्वान्दो प्रतियोगिता सम्पन्न गराइनेछ । नगरपालिकाभित्रका २१ वटा सामुदायिक र ३ वटा संस्थागत गरी २४ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

उद्घाटन कार्यक्रमलाई विशेष समारोहका रुपमा सम्पन्न गर्न हिजैदेखि आयोजकका तर्फबाट तयारी भैरहेको छ । बजार सरसफाई तथा स्वागत द्धारहरुको निर्माण गरिएको छ भने आज उद्घाटन पूर्व राष्ट्रिय झण्डा तथा प्लेकार्ड लिएर विध्यार्थी, शिक्षक, अभिभावक, खेलप्रेमी तथा स्थानीयहरुको सहभागितामा -यालीसहित वजार परिक्रमा गरिनेछ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई स्थानीय सरकारको पूर्ण अनुभूत गराउन विकास निर्माण अन्तर्गत भौतिक पूर्वाधारमा सडक, सिँचाई, सरकारी कार्यालयका भवन लगायत कृषि, पर्यटन, स्वास्थ्य, शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नगरपालिकाले सबै सरकोरवाला निकाय तथा स्थानीय जनताको साथ र सहयोगमा कामलाई तिव्रता दिइरहेको प्रसंग कोट्याउँदै नगरप्रमुख तीर्थराज भट्टराईले त्यस अलावा यहाँका प्रतिभाहरुलाई प्रोत्साहन गर्न खेलकुद, संगीत, कला, चित्रकला जस्ता क्षेत्रहरुमा पनि नगरपालिकाको यथेष्ट ध्यान गएको छ भन्नुभयो । उहाँले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई खेल क्षेत्रको महत्वपूर्ण दिवसका रुपमा मनाउन लागिएको बताउँदै नगरपालिकाभित्रका हरेक क्षेत्रका प्रतिभाहरुलाई प्रोत्साहन र उर्जा उत्साह थप्न यस्ता कार्यक्रमहरुका अलावा अन्य विविध प्रतिभा प्रवद्र्धनका कार्यक्रमहरुलाई निरन्तरता दिइ आएको उहाँले हलेसी एफएमलाई बताउनुभयो । आज देखि शुरु हुने प्रतियोगिता खेलको भव्य तयारीका लागि सबै खेलप्रेमी तथा व्यवस्थापक लागिरहेको समेत उल्लेख गर्नुभयो । 

प्रतियोगिताका सहभागी विजेता खेलाडीलाई पदक तथा प्रत्येक विधामा विजेता विद्यालयलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । सबैभन्दा बढी स्वर्ण पदक विजेता विद्यालयलाई रनिङ शिल्डसँगै प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन आएका विद्यालयलाई दुरी र संख्याको आधारमा यातायात खर्च उपलब्ध गराईने आयोजकले जनाएको छ। सहभागी विद्यार्थीलाई खान र बासको व्यवस्थापन गर्न सम्बन्धित विद्यालय र वडा कार्यालयलाई भनिएको छ।

प्रतियोगिता गराउन नगरपालिकाले रु.१० लाख बजेट बिनियोजन गरेको जानकारी दिईएको छ । 

विशेष महत्वका साथ आयोजना गरिन लागिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन माघ १४ गते जनजागृति मावि सोल्माको प्रांगनमा गरिने जनाइएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको साकेला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं...

पालिकाको लागि प्रतिष्ठाको खेल खेल्न अध्यक्ष राईको सुझाव हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माघ १६ गते...

हलेसीन्युजडेस्क, खोटाङ / खोेटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पहिलो पटक त्रिभुवन...

Horoscopes Icon

All Horoscopes