सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

माघ ६, २०८१, Khotang

Image

दिक्तेल माटिकोरेमा माघ ११ देखि १३ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना हुँदै

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीबाट खेलकुद प्रतियोगिताको उद्घाटन तथा प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईद्धारा समापन हुने

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएकोछ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधारीद्धारा माघ ११ गते प्रतियोगिताको उद्घाटन भएपछि १३ गतेसम्म तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । 

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका बमोजिम आयोजना गरिने प्रतियोगितामा विभिन्न पाँच विधामा १३८ पदकका लागि प्रतियोगिता गराउने नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गराउने संयोजनको जिम्मा पाएको जनजागृति माध्यमिक विद्यालय सोल्माले आज माघ ६ गते शुभम क्याफेमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

प्रतियोगितामा छात्रछात्राको भलिवल, कबड्डी, एथ्लेटिक्स, कराते र तेक्वान्दोमा प्रतियोगिता गराईने प्रत्रकार सम्मेलनमा जनजागृति माविका विध्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यहादुर राईले जानकारी दिनुभएको छ । विव्यास अध्यक्ष राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका २१ वटा सामुदायिक र ३ वटा संस्थागत गरी २४ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

प्रतियोगितामा सहभागी विजेता खेलाडीहरुलाई माघ १३ गते कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई(पिके) को प्रमुख आतिथ्यतामा हुने समापन कार्यक्रममा पदक तथा प्रत्येक विधामा विजेता विद्यालयलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने जनाइएकोछ । सबैभन्दा बढी स्वर्ण पदक विजेता विद्यालयलाई रनिङ शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । 

तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न नगरपालिकाले रु.१० लाख बजेट व्यस्थापन गरेको नगरप्रमुख तीर्थराज भट्टराईले हलेसी एफएमलार्ई बताउनु भयो ।

खेल दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन गरिनेछ ।
 

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको रावाबेसी गाउँपालिका-२ खार्पामा जन्मनु भएका पूर्व प्रशासक...

Horoscopes Icon

All Horoscopes