सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

माघ १७, २०८१, Khotang

Image

साकेलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पालिकाको लागि प्रतिष्ठाको खेल खेल्न अध्यक्ष राईको सुझाव

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको साकेला गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । माघ १६ गते शहिद दिवसको अवसर पारेर साकेला गाउँपालिकाको आयोजना तथा राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडाको व्यवस्थापनमा वडा नम्बर १ स्थित बाँझे खेलमैदानमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य समारोहवीच उद्घाटन भै खेल प्रतियोगिता शुरु भएको हो ।

         उद्घाटन समारोहका केही झलकहरु

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै अध्यक्ष रविप्रकाश राईले खेल क्षेत्रमा लुकेका प्रतिभाहरुलाई माथि उठाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन गाउँपालिका सरकार प्रतिवद्ध भएर लागि परेको बताउनुभएको छ । गाउँपालिकाको समग्र क्षेत्रको विकास भईरहँदा सुसंस्कृत, संस्थागत र समृद्ध साकेला निर्माणमा खेल क्षेत्रले पनि ठूलो योगदान दिने बताउनुहुँदै अध्यक्ष राईले पालिकाको खेल जगतलाई माथि उठाउनको लागि संस्थागत रुपमा लागि पर्ने बताउनुभयो ।
उहाँले आजका विद्यार्थी नै भोलिको कर्णधार भएकाले उनिहरुको वृत्तिविकासमा ध्यान दिनु जरुरी भएको समेत बताउनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने विद्यालय र खेलाडी विद्यार्थीहरुलाई आफ्नो विद्यालयको जितको लागि मात्र खेल खेल्नु भन्दा सिंगो पालिकाको प्रतिष्ठालाई माथि उठाउने दृढ संकल्पका साथ सहभागि हुन निर्देशन समेत अध्यक्ष राईले दिनुभयो ।पालिकास्तरीय छनौट खेलहुँदै जिल्ला, प्रदेश र संघ सम्म हुने प्रतियोगितामा पुगेर साकेला गाउँपालिकाको नाम उच्च राख्न अध्यक्ष राईले सम्पूर्ण खेलाडि विद्यार्थीहरुलाई शुभकामना समेत प्रदान गर्नुभयो । 

गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले गाउँपालिकालाई समृद्धिको गन्तव्यमा पुर्याउन खेल जगतको उत्तिकै महत्व भएको बताउनुभयो । पालिकालाई हरेक क्षेत्रबाट समृद्ध बनाउन पालिका सरकार लागिरहेको बताउनुहुँदै पालिकाले गर्ने हरेक विकास र गतिविधिहरुमा आम नागरिकको सहयोग हुनुपर्ने कुरामा जोड दिनुभयो ।

साकेला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हेमन राईको अध्यक्षतामा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी शुक्रबार सम्म सञ्चालन हुने जनाईएको छ । पालिकाभित्रका ६ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउनेछन् । 

प्रतियोगितामा भलिवल तर्फ छात्रछात्रा, कब्बडी,  हाईजम्प छात्रछात्रा, लङ्गजम्प छात्रछात्रा, सटफुट छात्रछात्रा, रिले दौड छात्रछात्रा, १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटर छात्रछात्रा दौड लगायत विभिन्न २६ विधामा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिष्पर्धा हुने व्यवस्थापनको जिम्मा पाएको विद्यालय राधाकृष्ण माविका प्रधानाध्यापक हिराधन गुरुङलले जानकारी दिनुभयो । प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सबै विद्यामा विजेता विद्यालयलाई रनिङ शिल्ड प्रदान गरिनेछ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गराउन सङ्घीय सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शसर्त कार्यक्रम मार्फत एक लाख उपलब्ध भएको छ भने अपुग रकम गाउँपालिकाले व्यवस्थापन गर्नेछ । प्रत्येक विद्यालयलाई प्रतियोगितास्थल आउन(जान तथा अन्य व्यवस्थापन खर्चको व्यवस्थापन समेत पालिकाले गर्नेछ । प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा खेल्न पाउने शिक्षा शाखा प्रमुख कविराज राईले जानकारी दिनुभयो । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भने समय तालिका टुङ्गो लागेको छैन ।

उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सँगै प्रवक्ता तथा ५ नम्बर वडाका वडाध्यक्ष जीवन खत्री, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राई, शिक्षा शाखा संयोजक कविराज राई, निर्वाचित जनप्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, विध्यार्थीहरुका साथै पूर्व जनप्रतिनिधिहरु लगायतको वृहत उपस्थिति रहेको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको साकेला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं...

पालिकाको लागि प्रतिष्ठाको खेल खेल्न अध्यक्ष राईको सुझाव हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माघ १६ गते...

हलेसीन्युजडेस्क, खोटाङ / खोेटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पहिलो पटक त्रिभुवन...

Horoscopes Icon

All Horoscopes