सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन २१, २०८०, Khotang

Image

साकेलाका श्रमिकको ज्याला भुक्तानी गर्न विभिन्न वुँदामा सहमति


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको साकेला गाउँपालिका नागरिकको समस्या प्रति संवेदनशिल बनेर समस्या समाधान गर्ने तर्फ उन्मुख भईरहेको छ । गाउँपालिकाभित्र निर्माण भईरहेका विकासका पूर्वाधारको क्षेत्रमा काम गर्ने श्रमिकहरुले पारिश्रमिक नपाएको गुनासो आईरहँदा निर्माण कम्पनीसँग पारिश्रमिक उठाएर श्रमिकलाई उपलब्ध गराउन पालिका सरकार लागि परिरहेको हो । यसै क्रममा, गाउँपालिकाको गौरवको आयोजना मानिएको साप्सुखोला–मानेभञ्ज्याङ–तावाभञ्ज्याङ पाँचधारे सडक निर्माणको क्रममा संलग्न भएका स्थानीय श्रमिकहरुको ज्याला भुक्तानी नगरेपछि गाउँपालिकाले तत्काल ज्याला रकम भुक्तानी गराउनको लागि सम्बन्धित निर्माण कम्पनीसँग र कामदारबीच चारवुँदे सम्झौता गराएको छ । 

गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको निर्देशनपछि निर्माण कम्पनी दिवा आजात जेभी, पूर्वाधार विकास कार्यालय उदयपुर, स्थानीय श्रमिक र साकेला गाउँपालिकाबीच गाउँ कार्यपालिकाको कार्यालयमा उपस्थित भएर विभिन्न बुँदामा सहमती गरिएको हो । 

सहमती अनुसार सडक निर्माणको सँयुक्त रुपमा नापजाँच सुरु गर्ने र यसको सहजीकरण चार वटै पक्षबाट गर्ने, सडक निर्माणको क्रममा श्रमिकले पाउने ज्याला बराबरको रकमको चेक निर्माण कम्पनीले साकेला गाउँपालिकालाई उपलब्ध गराउने साथै पूर्वाधार विकास कार्यालय उदयपुरले निर्माण कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम गाउँपालिका अध्यक्षसँग समन्वय गरि श्रमिक र निर्माण कम्पनीको उपस्थितिमा भुक्तानी गर्नुपर्ने विषयमा सहमती भएको हो । 

उक्त सडकको सव–वेस निर्माणको काम सम्पन्न गर्नुपर्ने म्याद समाप्त भएको लामो समय बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको थिएन । गाउँपालिका अध्यक्ष राई निर्वाचित भएर आईसकेपछि भने विषयगत क्षेत्रहरु, निर्माण कम्पनी, सम्बन्धित मन्त्रालय, पूर्वाधार कार्यालय सँगको लगातारको छलफल, दवाव र ताकेता पछि भने यो वर्ष सो सडकको सव–वेसको काम सम्पन्न तर्फ उन्मुख भएको हो । 

यस सडकमा गुणस्तरीय कार्य नभएपछि गाउँपालिका प्रमुख राईले पटक पटक गुणस्तरीय सडक निर्माण गर्न दबाव दिँदै आउनुभएको थियो । लगातारको प्रयासपछि चौथो पटक गरिएको सव वेसको काम अन्तिम चरणमा पुग्न सफल भएको छ । यस सडकमा सव–वेसको काम सम्पन्न भएसँगै कालोपत्रे निर्माणको प्रारम्भ यसै वर्षबाट हुने अध्यक्ष राईको भनाई छ ।

सहमती पत्रमा गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख ईन्जिनियर ललित कुमार चौधरी, ईन्जिनियर मनोज कुमार ठाकुर, लेखा अधिकृत रिपुमर्दन खड्का, ईन्जिनियर प्रजन गौतम, किरण विष्ट निर्माण कम्पनीको तर्फबाट इन्जिनियर शैलन्द्र कुमार साह, विवेकानन्द झा, लोकेन्द्र सिं ठकुरी तथा श्रमिकहरुको तर्फबाट धन बहादुर खत्री, सुन्दर राई, सुनिता खत्री, दिनेश राई  लगायतले हस्ताक्षर गर्नुभएको छ ।

प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय उदयपुरद्धारा ठेक्का लगाई काम सुरु गरिएको उक्त सडक निर्माणको जिम्मा दिवा आजाद जेभी काठमाडौले ३२ करोड २७ लाख ५२ हजार ९३४ रुपैंया (भ्याट सहित)मा निर्माण सम्पन्न गर्नेगरी ठेक्का लिएको थियो । ठेक्का सम्झौता अनुसार सडक स्तरोन्नती र सब–वेसको काम १६ डिसेम्बर, २०१९ मा सम्झौता भई १६ डिसेम्बर २०२१ मा सम्पन्न गर्नुपर्ने थियो । साकेला गाउँपालिकाबासीले सदरमुकाम दिक्तेल हुँदै राजधानीसम्म पुग्न, छिमेकी जिल्ला भोजपुरहुँदै अन्यत्र जान र उदयपुरहुँदै तराईका जिल्ला सम्म यही सडक प्रयोग गर्ने गरेका छन् ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

Horoscopes Icon

All Horoscopes