सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • 2025 April 7 Monday
  • 10:41:34
Profile Image

सुनिल श्रेष्ठ

चैत्र ७, २०८०, Khotang

Image

दिक्तेल रुपाकोट मझुवागढी–१२ जाल्पाका अग्नि पीडित परिवारलाई राहत प्रदान


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका भगत बहादुर राई र र नजिकै छुट्टिएर बसेका उनका साइला छोरा भिम बहादुर राईको घरमा बिजुली शर्ट हुनाका कारण  आगोलागी भएर क्षति पुगेको हुँदा अग्निपीडित परिवारहरुका लागि राहत रकम र सामाग्रीहरु उपलव्ध गराइएको छ । बुधबार राति १ः५० बजे विध्युत शर्ट भै आगलागी हुँदा भगत बहादुर राईको ढुंगा माटो काठले बनेको जस्ताको छानो भएको २ तले घर र भिमबहादुरको सोही प्रकारको घर जलेर घर भित्र  रहेको अन्नपात लत्ताकपडा, भाँडाकुडा, व्यक्तिगत कागजपत्रहरु, पूर्ण रुपमा नष्ट  भएको थियो ।

आगोलागीका कारण  विचल्लि बनेका अग्निपीडित भगतबहादुर तथा भिमबहादुरका परिवारलाई आजै दिक्तेल रुपाकोट मझुवागढी  नगरपालिका  वडा नम्बर १२ साबिक–४ नम्बर  पुराना गाउँबाट सहयोग जुटाएर रु.३२ हजार ६ सय १५ नगदका साथ धान ३ मुरी १ पाथी, कोदो २ मुरी ६ पाथी ४ माना, चामल १४ पाथी ७ माना, तेल ४ लिटर उपलव्ध गराइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनु भएको छ । 

यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुखले चामल र तेल, जिल्ला प्रशासनका नासु सीताराम आचार्य मार्फत जिल्ला विपद कोषबाटबाट रु.१५/१५ हजार, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका तर्फबाट उपाध्यक्ष अशोक आचार्यले  कम्बल १/१ वटा, म्याट्रेस १/१ वटा, पाल १/१ वटा, वाल्टी १/१ वटा उपलव्ध गराउनुभएको  जनाइएको छ ।

यसैगरी खोटाङ प्राकृतिक प्रकोप कोषका तर्फबाट कोषाध्यक्ष युगसन किरातले जनही रु. १०/१० हजार,  जाल्पा वडा कार्यालय बाट रु.१०/१० हजार, सहयोग रकम प्रदान गरिएको नगर प्रमुख भट्टरार्ईले जानकारी दिनुभयो  । आगोलागीपीडित परिवारहरुलार्ई संघीय सरकारबाट बाट ५५ प्रतिशत, प्रदेश सरकार बाट ३० प्रतिशत र स्थानीय सरकार (नगरपालिका) बाट १५ प्रतिशत राहत रकमको प्रकृय अगाडि बढाएर चाँडै हस्तान्तरण गरिने पनि जनाईएको छ ।

 

[यो पनि  ----- ऐसेलुखर्कका आगलागी पीडित परिवारहरुलाई राहत उपलव्ध

 बतासेका आगलागी पीडित परिवारहरुलाई घरैमा पुगेर राहत सहयोग प्रदान }

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको रावाबेसी गाउँपालिका-२ खार्पामा जन्मनु भएका पूर्व प्रशासक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित महुली सामुदायिक लघुबित्त शाखा कार्यालयले आफ्नो कार्यालयको...

Horoscopes Icon

All Horoscopes