चैत्र ०५, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको ऐसेलुर्खक गाउँपालिकाको सामुदायिक वनमा गत शुक्रवारदेखि लागेको डढेलो फैलिई नजिकै वस्तिमा रहेको घर तथा गोठहरु जलेर क्षति पुगेका परिवारहरुलाई राहत उपलव्ध गराइएको छ । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे सल्लेको सामुदायिक वनमा लागेको डढेलो फैलिएर स्थानीय खुजप्रसाद फुयाल र बुद्धिनाथ लम्सालको घर तथा घरमा रहेको लत्ता कपडा, अन्नपात लगायत घरेलु चौपाया समेत जलेर क्षति पुगेको हुँदा पीडित परिवारहरुलार्ई आज राहत रकम तथा बिभिन्न सामाग्रीहरु उपलव्ध गराएको हो ।
आगलागीबाट जलेका घरहरु
वनमा लागेको डढेलो फैलिदै चैत्र ३ गते स्थानीय खुजप्रसाद फुयालको तीनतले घर, घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, कागजपत्र, ६० वटा खसीवाख्रा जलेर नष्ट भएको थियो । सोही डढेलोले युवराज राईको गाईगोठ, भाडाकुडा, काटेर राखेको काठ, जस्तापाता जलेर नष्ट भएको थियो र बुद्धिनाथ लम्सालको खरको छानो भएको तीनतले घर, घरभित्र रहेकोे भाडाकुडा, लत्ताकपडा, १५ वटा कुखुरा सहितको फर्म जलेर नष्ट हुँदा आश्रयविहिन बन्न पुगेका परिवारहरुलार्ई आज राहत रकम तथा बिभिन्न सामाग्रीहरु घटनास्थलमै पुगेर बितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार वजिमयले हलेसी एफएमलाई बताउनुभयो ।
उहाँका अनुसार खुजप्रसाद फुयाल र बुद्धिनाथ लम्सालको परिवारलार्ई जिल्ला विपद व्यवस्थापन कोषबाट जनही रु.१५/१५ हजार राहत रकमका साथ रेडक्रस शाखाबाट दुवै परिवारलाई त्रिपाल १/१ थान, कम्वल २/२ वटा, म्याट्रेस १/१वटा, साडी २/२ थान, भाडाकुडा एक/एक सेट, वाल्टी १/१ वटा, प्रिन्ट कपडा ७/७ मिटर, सादा कपडा साढे ३/३ मिटर, सुटिङ कपडा ४/४ मिटर, डोरी एक/एक मुठा, बोरा १/१ वटा, झुल १/१ वटा उपलव्ध गराइएको छ । सोही ठाउँका युवराज राईको गोठमात्र जलेर नष्ट भएको कारण पाल १ वटा, कम्बल १ वटा र १ मुठा डोरी उपलब्ध गरार्ईएको रेडक्रस शाखाका मन्त्री वजिमयले बताउनुभयो ।
राहत हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, रेडक्रस शाखाका मन्त्री छत्रकुमार बजिमय, जिल्ला प्रशासनका कर्मचारी सञ्जिब आचार्य, ऐसेलुर्खक गाउँपालिकाका वडानं.६ का वडाध्यक्ष सुनिल रार्ई सँगै स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
[यो पनि पढ्नुहोस--बतासेका आगलागी पीडित परिवारहरुलाई घरैमा पुगेर राहत सहयोग प्रदान}
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !