सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

चैत्र ११, २०८०, Khotang

Image

आज र भोली होली पर्व मनाइदै


हलेसीन्युजडेस्क, खोटाङ

आज र भोली नेपालीहरुको महान पर्व होली मनाइदैछ । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ  हुने होली पर्व पूर्णिमाको रात्री चीर दाह गरेपछि समापन हुन्छ । 

रङ्गहरूको पर्वको रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावको सन्देश दिने फागु पूर्णिमा (होली) पर्व हिमाली, पहाडी तथा भित्री मधेश, काठमाडौं उपत्यका तथा तराईका जिल्लाहरूमा विभिन्न रङ र अबिर खेल्दै खुशियालीसाथ मनाउने परम्परा रहेको छ । होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रुपमा विविधतापूर्ण रहेको मानिन्छ । होली पर्वलाई मार्यादित बनाउन सरकारले सबैलाई आग्रह गरेको छ । 

पहाडी जिल्लामा आज होली मनाइनेछ भने तराईमा भोलि होली पर्व धुमधामका साथ मनाइन्छ ।

होली पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

होली पर्वको धार्मिक मान्यता

होली पर्वलाई असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा मानिन्छ । त्रेता युगमा एकजना राक्षसी प्रवृत्तिका हिरण्यकशिपु भन्ने राजा थियो । उनले ब्रम्हा भगवानको कठोर तपस्या गरी भगवानलाई खुशी पारेर कोही कसैबाट पराजीत हुन नपर्ने वरदान पाए । 

वरदान पाएपछि हिरण्यकशिपुले आफूलाई नै भगवान् मान्न थाले । अरुमाथी अन्याय, अत्याचार गर्ने क्रम जारी राखे । पिता खराब प्रबृत्तिको भएतापनि उनका छोरा प्रल्हाद भने आध्यात्मिक प्रवृतिका निस्के । उनले विष्णु भगवानको नित्य आराधना गर्न थाले । 

आफ्नै छोरा भएपनि प्रल्हादको यस्तो चाला बाबु हिरण्यकशिपुलाई मन परेन । आफूले विष्णुको नभएर आफूप्रति भक्ति राख्न आदेश दिए पनि छोराले नमानेपछि उनकै मृत्यु गराउन बहिनी होलिकालाई अराए । । होलिकाले उनका दाजुको आग्रह अनुसार बालक प्रल्हादलाई लगेर आगोमा भष्म पार्न लाग्दा उनी आफै जलेर खरानी भईन् तर बालक सकुशल रहे । होलिका दहन भएको दिनको सम्झनास्वरुप मनाईने भएका कारण यो दिनमा होलिकाको दहन गर्ने चलन पनि छ । यही मान्यता अनुसार फागु पूर्णिमाका रुपमा होली पर्व मनाईने धार्मिक विश्वास छ । । 

हिरण्यकशिपुको अत्याचार बढ्न थालेपछि अन्ततः स्वयं विष्णु भगवानले नरसिंह अवतार को रुप धारन गरी उनलाई मार्नु परेको थियो । 

 

[ यो सँगै सम्बन्धित--मर्यादित भएर होली पर्व मनाउन जिल्ला प्रहरी कार्यालय खोटाङको अनुरोध  }
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको रावावेशी गाउपालिका वडा नं.४ डुम्रे धारापानीस्थित देउराली माविमा...

Horoscopes Icon

All Horoscopes