सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र १७, २०८०, Khotang

Image

खोटाङमा निःशुल्क स्वास्थ्य शिविरको आज दोश्रो दिनः बच्चादेखि वृद्धसम्मले लिए स्वास्थ्य सेवा



हलेसीन्युजडेस्क, खोटाङ

खोटाङ सेवा समाज बेलायत (युके) ले  आफ्नो जन्मभूमि खोटाङका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ आयोजना गरेको बृहत स्वास्थ्य शिविरको आज दोस्रो दिन हो । आज पनि विशेषज्ञ चिकित्सक सहितका स्वास्थ्यकर्मीको टोलीले निःशुल्क उपचारलार्ई निरन्तरता दिएका छन् ।

शिविरको पहिलो दिन चैत १६ गते रावाबेँसी गाउँपालिकाको रावाबेँसी स्वास्थ्य चौकी हरमटारमा  पहिलो दिन ३ सय ९ जनाले स्वास्थ्य सेवा लिएका थिए । वडा नम्बर १ कुभिण्डे, वडा नम्बर ४ डुम्रेधारापानी र वडा नम्बर ५ दुवेकोलका १ सय ८५ जना महिला र १ सय २४ जना पुरुषले स्वास्थ्य सेवा लिएका  थिए । जसमा दाँत सम्बन्धी सेवा लिने ४१ जना, स्वास्थ्य सम्बन्धी सामान्य सेवा लिने १ सय २७ जना,स्त्रीरोग सम्बन्धी २७ जना, हाडजोर्नी सम्बन्धी ५४ जना र आँखा सम्बन्धी ६० जनाले सेवा लिएका हुन् । 

यस्तै, आज दोस्रो दिन, स्त्रीरोग सम्बन्धी २४ जना, हाडजोर्नी सम्बन्धी  पुरुष ६४ जना  महिला ९६ जना र बच्चहरु पुरुष १ जना र महिला ३  जना, दात सम्बन्धी सेवा लिने ३१ जना पुरुष  र ३१  जना महिला रहेको  स्वास्थ्य शाखा संयोजक कौशल अधिकारीले बताउनुभयो ।

यस्तै, साकेला गाउँपालिकाको साकेला आधारभूत अस्पतालमा स्वास्थ्य सम्बन्धी  सेवा लिने हिजो र आज पुरुषको संख्या ३५३ र महिला हिजो र आज गरि ३०२ जना  गरि जम्मा ६५५ जनाले सेवा लिएको साकेला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रिता ढकालले जानकारी दिनु भएको छ ।

उता जन्तेढुङ्गा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी स्वास्थ्य  केन्द्रमा हिजो स्वस्थ्य सेवा लिने महिलाको संख्या  ११२ जना र पुरुष ६२  जना गरेर जम्मा  १७४ जनाले सेवा लिएका छन् । यस्तै आज १८१ जाना पुरुष र  १४७ जना महिला गरि जम्मा ३२८ जनाले सेवा लिएका छन् हिजो र आज निःशुल्क स्वास्थ्य शिविर बाट ५०२ जनाले उपचार गराएका जन्तेढुङ्गा गाउँपालिकाका  स्वास्थ्य शाखा संयोजक सुर्य बहादुर कार्कीले हलेसी एफ एमलार्ई जानकारी दिनु भयो ।

यसैगरी आज  चैत्र १७  गते ऐसेलुखर्कमा स्वास्थ्य शिविर शुरु भएको छ  । भोलि  १८ गते  २ दिनसम्म ऐसेलुखर्क स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन हुनेछ भने चैत्र २० र २१ गते हलेसी बजार स्वास्थ्य चौकी, वराहापोखरी धर्तुङ स्वास्थ्य चौकीमा, दिप्रुङचुइचुम्मास्थित ओख्रे स्थानीय अस्पतालमा र निर्मलीडाडा स्वास्थ्य चौकीमा शिविरको आयोजना गरिनेछ ।  चैत्र २२ र २३ गते बुर्ईपा स्वास्थ्य चौकी  र केपिलासगढीको बाक्सिला वजार स्वास्थ्य चौकीमा  शिविर सञ्चालन गर्ने तयारी गरिएको खोटाङ सेवा समाज वेलायतका अध्यक्ष डाक्टर प्रमोद कोयी राईले हलेसी एफएमलाई जानकारी दिनुभयो ।

            स्वास्थ्य शिविरका केही झलकहरु

 

 [ यो पनि-‘खोटाङ–युके स्वास्थ्य शिविर–2024’ आगामी चैत्र १६ देखि २४ सम्म सञ्चालन हुने }
 

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी घर भई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा विध्यालयको समग्र शैक्षिक गुणस्तर...

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

Horoscopes Icon

All Horoscopes