सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र १९, २०८०, Khotang

Image

बाम्राङ वडाद्धारा विभिन्न व्यक्तित्वहरु सम्मानित


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा महिला, वालवालिका, जेष्ठ नागरिक, दलित तथा अपाङ्गता भएका व्यक्तिहरुलार्ई सम्मान गरिएको छ । वडा नं.३ बाम्राङको आयोजनामा महिला वालवालिका, जेष्ठ नागरिक, दलित तथा अपाङ्गता भएका व्यक्तिहरुलाई आज एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।

वडाध्यक्ष महेन्द्रबहादुर रार्ईको अध्यक्षता तथा दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दलित विध्यार्थीहरुलार्ई झोला, जेष्ठ नागरिकहरुलार्ई लठ्ठी साथै सम्मानपत्र, अपाङ्गता भएका व्यक्तिहरुलार्ई लठ्ठी, टीका, माला र खादा लगाएर सम्मान गरिएको वडाध्यक्ष रार्ईले जानकारी दिनु भएको छ । 

वडा सदस्य रेखा रम्तेलले कार्यक्रममा सहभागी सबैलाई स्वागत मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो भने सम्मान कार्यक्रमका प्रमुख अतिथि तीर्थराज भट्टराई, कांग्रेस नेता शहरमान राई, वडा सदस्य खड्क बहादुर रार्ई, संघ संस्थाबाट मनसोभा रार्ईले आ–आफ्नो तर्फबाट सम्मानित व्यक्तित्वहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नगरप्रमुख तीर्थराज भट्टरार्ई, उपप्रमुख विसन रार्ई, महासमिति सदस्य शहरमान राई, नगर कार्यपालिका सदस्य राम हिङमाङ, नगर कार्यपालिका सदस्य मिना कार्की, पत्रकार महासंघका अध्यक्ष दिलिप खत्री, पत्रकार राजन ठटाल, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, जेष्ठ नागरिक लगायतको उपस्थिति रहेको थियो । 

वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रमलाई वडासचिव मन्दिरा आचार्यले सञ्चालन गर्नुभएको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

Horoscopes Icon

All Horoscopes