सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र २९, २०८०, Khotang

Image

एमाले आठौँ जिल्ला अधिवेशनको उद्घाटन सम्पन्न / आज नेतृत्व चयन हुने


हलेसीन्युजडेस्क, खोटाङ

नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी खोटाङको आँठौ जिल्ला अधिवेशनको उद्घाटन सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम दिक्तेलबजारस्थित बहुउेद्दश्य कभर्डहल माटिकोरेमा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवंम् बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधवार पानसमा दीप प्रज्वलन गरेर आठौँ अधिवेशनको उद्घाटन गर्नुभएको हो ।

अधिवेशनमा नेकपा एमाले कोशी प्रदेश सह–इन्चार्ज एवंम् कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, झापा इन्चार्ज एवंम् नेकपा एमाले पोलिटव्युरो सदस्य विशाल भट्टराई, संघीय खानेपानी मन्त्री राजेन्द्रकुमार राई, केन्द्रीय सदस्य रमेश पौडेल, संविधान सभा सदस्य एवं प्रदेशका पूर्व मन्त्रि उषाकला राई, प्रदेशका पूर्व मिन्त्र एवं प्रदेश सभा सांसद पिके राई लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनको दोश्रो दिन आज जिल्लाको ७९ वडाबाट छनौट भएर आएका ५७९ जना प्रतिनिधिहरुबाट नेकपा एमाले खोटाङको आगामी तीनवर्षे कार्यकालका लागि  नेतृत्व चयन हुनेछ । 

विगतमा सहमतिबाट नेतृत्व चयन गरिने परम्पराको विपरित यो पटक निर्वाचनमार्फत जिल्ला नेतृत्व चयन हुने प्रवल सम्भावना रहेको सहभागी एक प्रतिनिधि बताउछन् ।

एमालेको जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष रामप्रसाद दंगाल तथा उपाध्यक्ष देवविक्रम राईको चाहना रहेको देखिन्छ । उहाँहरुको वीचमा मिलाउन सके अन्य पदका लागि सहमति जुटाउन सहज हुने एक नेताले बताउनुभयो । 

नाम उल्लेख नगर्ने शतमा एक प्रतिनिधिको कथन छ -कुनै नाटकीय मोड आइहाले मात्र सहमति होला, नत्र अहिलेको अवस्था हेर्दा प्यानल नै खडा गरेर निर्वाचन हुने देखिन्छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

Horoscopes Icon

All Horoscopes