मंसिर १८, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा न.१ याम्खाले ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । दिप्रुङचुइचुम्मा अपांगता भएका व्यक्तिहरुको संस्था वडा नं. १ याम्खाको आयोजना, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, दिप्रुङचुईचुम्मा गाउँपालिका तथा करुणा फउण्डेशनको त्रिपक्षीय लागत साझेदारीमा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधारः अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नारासहित डिसेम्वर ३ अर्थात मंसिर १८ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ याम्खामा यस वर्षको अपाङ्गता दिवस मनाइएको वडा नः १ याम्खाका वडाध्यक्ष केशवकुमार खत्रीले हलेसी एफएमलार्ई जानकारी दिनु भएको छ ।
संयुक्त राष्ट्रसंघले सन् १९८१ देखि अपांगता भएका व्यक्तिहरूको हक, हित र अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रिय रूपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको सन्दर्भमा ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको छ ।
यसै सन्दर्भमा शहरी क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूका लागि केही सेवा सुविधाहरू उपलब्ध भएको जस्तो देखिएता पनि गाउँ र दुरदराजमा अझै अपाङ्गता भएका व्यक्तिहरूको अवस्था दयनीय रहेको वडाध्यक्ष खत्रीले उल्लेख बताउनुभयो ।
यस्तै अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कार्यक्रममा बोल्ने वक्ताहरुले संविधान र दिगो विकासका लक्ष्य कार्यान्वयनमा अपाङ्गताको विषयलाई विशेष व्यवस्थासहित अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धि संयुक्त राष्ट्रसङ्घीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन लगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सुधार हुनसक्ने नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै आउनु भएका अर्जुन कार्कीले बताउनु भयो ।
दिप्रुङचुइचुम्मामा अपांगता भएका व्यक्तिहरुको संस्था वडा नं. १ याम्खाका अध्यक्ष छविलाल मगरको सभापतित्व तथा दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं १ याम्खाका वडाध्यक्ष केशव कुमार खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा याम्खा प्रहरी चौकीका इन्चार्ज सई चन्द्रकुबेर अधिकारी, नेपाली कांग्रेसका प्रतिनिधि अर्जुन कार्की, नेकपा माओवादीका प्रतिनिधि दैया मुङग्राती, दिप्रुङचुईचुम्माको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्याक्रमका सहजकर्ता भुपराज कटवाल लगायत अन्य बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।
हाल दिप्रङचुइचुम्मा गाउँपालिकाको तथ्यङक अनुसार गाउँपालिका वडा नं. १ मा ४९ जना अपाङ्गता भएका ब्यक्तिहरु रहेको जनाइएको छ ।
यसैगरी सदरमुकाम दिक्तेलस्थित अपांग सेवा संघ खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३३ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस मनाएको छ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधारः अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नारासहित मंगलवार यस वर्षको अपाङ्गता दिवस मनाइएको हो ।
अपांग सेवा संघ खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका अध्यक्ष उमेश चन्द्र आचार्यको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा भएको ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कार्यक्रममा नगरपालिकाको सौजन्यतामा प्राप्त वजेटबाट नगरपालिका भित्र रहेको १५ वटै वडाका एक / एक जना पूर्ण असक्त व्यक्तिहरुलाई रु १ हजार पाँचसय सहयोग रकम उनीहरुको अबिभाबकलार्ई बितरण गरिएको जनाइएको छ । अध्यक्ष आचार्यका अनुसार सानै रकम भए पनि अपांगता भएका व्यक्तिहरुको स्याहार सम्भार तथा रेखदेखमा सहयोग पुगोस भन्ने ध्ययेले उक्त रकम प्रदान गरिएको हो ।
नगरपालिका भित्र रहेका १५ वडाका एक/एक जना यस्तै दोर्पा ८ बुवालुङ लामीडाडांका एकै घरका दुबै दाजु भार्ई असक्त भएको कारण दुबै जना गरी १६ जनालार्ई बितरण गरिएको अध्यक्ष आचार्यले बताउनु भयो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, अपांगता भएका व्यक्ति लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी जिल्लाका सबै पालिकाहरुमा ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमका साथ मनाइएको समाचार प्राप्त भएका छन् ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !