सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

पौष २७, २०८१, Khotang

Image

कुभिण्डेमा एक महिने बाँसजन्य तालिम सम्पन्न


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको रावावेशी गाउँपालिका वडा नं. १ कुभिण्डेमा १ महिने बाँसको फर्निचर लगायत अन्य घरेलु सामाग्रीहरु बनाउँने तालिम सम्पन्न भएको छ । रावावेशी गाउँपालिका र घरेलु तथा साना उध्योग कार्यालय दिक्तेलको संयुक्त साझेदारीमा गत मंसिर १४ गतेबाट वडा नं. १ कुभिण्डेमा शुरु भएको बाँसजन्य फर्निचरका साथै विविध घरेलु सामाग्री निर्माणको तालिम रावावेशी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको हो ।

              समापन कार्यक्रमका केही झलक

उदयपुरको त्रियुगा नगरपालिका—२ का प्रशिक्षक पदमनाथ फुयाँलद्धारा प्रशिक्षण दिइएको तालिममा कुभिण्डे, खार्पा, दुवेकोल, हौँचरका ११ जना प्रशिक्षार्थीहरुले तालिम लिएकाछन् । तालिममा बाँसबाट टेवल कुर्सी, दराज, मुढा, रिकापी, फुलदानी, तस्विर सजाउने फ्रेमहरु लगायत विभिन्न कलात्मक घरेलु सामाग्रीहरु बनाउन सिकाईको छ ।

पालिका अध्यक्ष श्रेष्ठका अनुसार स्थानीय उत्पादनलाई प्रोत्साहन तथा बाहिरबाट आयातित हुने बस्तुहरुलाई निरुत्साहित गर्दै गाउँपालिकालाई समृद्ध बनाउने उद्धेश्यले यो तालिम सञ्चालन गरिएको हो । उहाँले स्थानीय सिपको प्रवर्द्धन गरी दक्ष जनशक्ति सिर्जना गर्न सके यही रोजगारीका विकल्पहरु भेटिने बताउनुभयो ।

समापन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कौशिला गुरुंग, घरेलु तथा साना उध्योग कार्यालय दिक्तेलका प्रमुख भेषबहादुर खत्री, विभिन्न वडाका वडाध्यक्षहरु, प्रशिक्षक फुयाँल, तालिममा सहभागी प्रशिक्षार्थीहरु लगायत स्थानीयहरुको उपस्थिति रहको थियो । 

[यो पनि--कुभिण्डेमा बाँसबाट सामाग्रीहरु बनाउने एक महिने तालिम सञ्चालन ]
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको साकेला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं...

पालिकाको लागि प्रतिष्ठाको खेल खेल्न अध्यक्ष राईको सुझाव हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माघ १६ गते...

हलेसीन्युजडेस्क, खोटाङ / खोेटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पहिलो पटक त्रिभुवन...

Horoscopes Icon

All Horoscopes