पौष २५, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी शैक्षिक सत्र–२०८२ लाई शैक्षिक सुधार वर्षका रुपमा मनाउने भएपछि नगर शिक्षा समिति कार्ययोजनाको तयारीमा जुटेको छ । शैक्षिक प्रवर्द्धन तथा सुधारका लागि वर्षभरि विभिन्न रचनात्मक गतिविधि गर्दै शैक्षिक सुधार वर्षका रुपमा शैक्षिक सत्र २०८२ लाई सफल बनाउन नगरशिक्षा समितिले सरोकारवाला निकाय, व्यक्ति र शिक्षाविद्हरुसँग चरणवद्ध बैठक, छलफल र अन्तरकृया प्रारम्भ गरेको छ ।
नगर शिक्षा समितिका संयोजक तथा नगरप्रमुख तीर्थराज भट्टराईको अध्यक्षता एवं शिक्षाविद डा.तोयानाथ खनालको विशेष आतिथ्यतामा आज पूर्व शिक्षक, शिक्षक एवं शिक्षा क्षेत्रमा काम गरिरहेका शैक्षिक अभियन्ताहरुसँग कार्ययोजना तयारीकै क्रममा वृहत छलफल गरिएको नगरप्रमुख भट्टराईले हलेसी एफएमलाई बताउनुभयो ।
बैठकका विशिष्ट अतिथि शिक्षाविद् डा. खनालले कार्ययोजनाको दूरदृष्टि ‘सहज सिकाई वातावरण, जीवनोपयोगी शिक्षा ÷ असल र कुशल नागरिक, नगरपालिकाको इच्छा’ रहेको बताउनुभयो । उहाँले स्थानीय सरकारले शिक्षामा लगानी बढाउन अनिवार्य भएको समेत बताउनुभयो । आपसी सहयोग, समन्वय र साझेदारीमा विकास हुनुपर्ने भन्दै डा. खनालले शिक्षामा लगानी गर्न लगानीकर्तालाई आकर्षित गराउन सक्नुपर्नेमा जोड दिनुभयो । शिक्षामा सुधार गर्न सबैले सकारात्मक सोँच र दृष्टिकोण बनाउन पनि उहाँको अनुरोध थियो । सबै बालवालिकाले गुणस्तरयुक्त शिक्षा पाउने अधिकार रहेको बताउँदै त्यसका लागि शिक्षक र अभिभावकका साथै सबै तहका सरकारहरु पनि जिम्मेवार हुनुपर्ने भन्नुभयो ।
अर्का सहभागी मनविक्रम राई (पूर्व शिक्षक)ले आगामी शैक्षिक वर्षलाई शैक्षिक सुधार वर्षका रुपमा नगरपालिकाद्धारा घोषणा गरिएको प्रति खुशी व्यक्त गर्दै त्यसका लागि समयमै रणनीतिक कार्ययोजना तयारीमा सहभागी हुन पाएकोमा नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले शैक्षिक सुधार वर्षलाई सफल बनाउन अभिभावक, शिक्षक र विध्यार्थी सबैलाई सकारात्मक वातावरण निर्माण गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै काजी खतिवडा (पूर्व शिक्षक)ले शिक्षकहरुले आफ्नो अध्यापनप्रति आत्मविश्वास रहनुपर्ने भन्दै आफू सामुदायिक विध्यालयमा पढाउने अनि आफ्ना वालवच्चालाई त्यहाँ पढाउन किन हिच्किचाउनु पर्ने भनेर प्रश्न तेस्र्याउनुभयो । यदि आफ्नो पठनपाठनमा विश्वास छ भने आफ्नो वालवच्चालाई पनि आफूले पढाउने विध्यालयमै पढाउन सक्नुपर्छ उहाँको तर्क थियो । अहिलेको डिजिटल युगमा विध्यार्थीहरु घरबाट विध्यालय प्रस्थान गरेको नगरेको फोनमार्फत जानकारी लिन सकिने भएकोले विध्यार्थीहरु गैरहाजिर हुन नसक्ने बताउनुभयो । शिक्षा क्षेत्रमा आफूले पाएको अनुभव लगानी गर्न इच्छुक रहेको बताउँदै नगरपालिकाले चाहेमा स्विकार्न तयार रहेको जनाउ दिनुभयो ।
अर्का सहभागी ध्यानबहादुर राई (सरस्वती मावि दिक्तेलका पूर्व प्र.अ.)ले मंगलवारे अभियान र स्थानीय पाठ्यक्रमवीच तालमेल नभएको गुनासो व्यक्त गर्दै पाठ्यक्रमसँग मिट गर्नुपर्ने सुझाव दिनुभयो । पाठ्यक्रम नै अपुरो भए जस्तो भएकोले नगरपालिकाको गतिविधि अधुरो रहेको समेत उहाँको भनाई रह्यो ।
त्यस्तै प्रतिमान राई (जालपा मावि जालपा पूर्व प्रअ)ले सबैले मनबाट नकारात्मक सोँच र दृष्टिकोण हटाई सकारात्मक सोँचका साथ अगाडि बढौँ भन्दै शैक्षिक सुधारको निश्चित मापदण्ड बनाएर अघि बढे मात्र गन्तव्य हासिल गर्न सकिन्छ भन्नुभयो । शिक्षकलाई केके कस्तो कस्तो तालिम दिने हो स्पष्ट खाका बनाउन सक्नुपर्छ उहाँको तर्क थियो । उहाँले अभिभावकलाई शैक्षिक सुधारको एउटा कम्पोनेन्ट सम्झेर उहाँहरुलाई पनि जिम्मेवार बनाउन सक्नुपर्छ भन्नुभयो ।
पूर्व शिक्षक शिव श्रेष्ठले आफ्नो भनाई राख्दै शैद्धान्तिक र घोकन्ते भन्दा व्यवहारिक शिक्षालाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले वालवच्चालाई खाजाको रुपमा जङफुड ख्वाउदै हामीले स्वास्थ्यमाथि खेलवाड गरिरहेछौँ भन्नुभयो । किन स्थानीय अर्गानिक मकैभटमासको महत्व बुझाउन सक्दैनौँ। अनि शिक्षामा कहाँ सफल भयौँ र उहाँको प्रश्न थियो । तसर्थ हरेक शैक्षिक सुधारमा व्यवहारिक शिक्षाको प्रयोगलाई पनि ध्यान दिनुपर्छ उहाँको कथन रह्यो ।
भक्त थापाले बच्चाहरुलाई मोवायलको प्रयोग गर्न जोखिम हुने भन्दै पाँचवर्षसम्म मोवायल प्रयोग गर्न नदिने शैक्षिक रणनीति हुनपर्ने बताउनुभयो । उहाँले सरकारी सेवा सुविधा लिनेले आफ्ना नानीहरु आधारभूत विध्यालयमा अनिवार्य पढाउनुपर्ने नीति ल्याउन आग्रह समेत गर्नुभयो ।
अर्का सहभागी डोरनाथ आचार्यले विध्यालयको आर्थिक पारदर्शितामा जोड दिदै केही पालिकाहरुमा लेखा परिक्षण, सामाजिक परिक्षण नगर्ने विध्यालयमा तलव राक्ने गरेको उलेख गर्दै यो नगरपालिकामा पनि यस्तो नीति हुनुपर्ने भन्नुभयो ।
कृष्णप्रसाद आचार्यले विध्यार्थीहरुलाई सिप विकास शिक्षा दिनुपर्ने, किसानको छोरा नै यताका विध्यार्थी हुने भएकोले उनीहरुलाई पातको टपरी, कृषि औजार लगायत आवश्यक सामाग्रीहरु बनाउन सिपमूलक शिक्षा दिइनुपर्नेमा जोड दिनुभयो । यस्तै अन्य सहभागीहरु शेरबहादुर तामाङ, जयप्रसाद आचार्य, हिरालाल रिजाल, वीरबहादुर राई लगायतले महत्वपूर्ण शैक्षिक सुझावहरु दिनुभएको जनाइएको छ ।
विभिन्न चरणमा भएका छलफलबाट आएका सुझाव शैक्षिक सुधार कार्यदलको लागि ठूलो सम्पति हुने भएकोले कार्यदलको प्रतिवेदनमा यी सबै विषय समेट्न मद्दत पुग्ने भन्दैै छलफलमा प्राप्त सबै सुझावहरु संकलन गरी कार्यदललाई हस्तान्तरण गरिने नगरप्रमुख भट्टराईले हलेसी एफएमलाई बताउनुभयो ।
[ यो पनि--दिरुमले आगामी शैक्षिक सत्रलाई शैक्षिक सुधार वर्षका रुपमा मनाउने ]
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !