सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख ११, २०८१, खोटाङ

Image

सप्तेश्वर छितापोखरीका अग्निपीडित परिवारलाई राहत सामाग्री प्रदान


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ५ सप्तेश्वर छितापोखरीका अग्निपीडित परिवारलाई खाध्यान्न तथा राहत सामाग्री उपलव्ध गराइएको छ । सप्तेश्वर छितापोखरीस्थित खुदुर्केका अग्निपीडित परिवारहरु शमशेर बहादुर खड्का र छोरा दिपक खड्काको घरमा बैशाख ९ गते राती १० बजे विद्युत सर्ट भएर आगलागी भै क्षति पुग्न गएको हुँदा अग्निपीडित परिवारलाई मंगलवार नेपाल रेडक्रस सोसाइटी उपशाखा छितापोखरीबाट राहत सामाग्री उपलव्ध गराइएको हो ।

छुट्टभिण्ड भए पनि एउटै घरमा बस्दै आएका खड्का परिवारको उक्त घर विद्युत सर्ट भई आगलागी हुँदा घर तथा घरमा भएको अन्नपात लगायत गरगहना र भौतिक सामाग्रीहरु जलेर नष्ट हुँदा रु २५ लाख वढी धनमाल क्षति भएको थियो ।

रेडक्रस उपशाखा छितापोखरीका सभापति केशवराज कार्की तथा अन्य रेडक्रस कर्मीहरु घटनास्थलमा पुगेर अग्निपीडित परिवारका लागि १ वोरा चामल, १ वटा वाल्टी, १ वटा जग, १ थान सिरक, ३ प्याकेट तेल, २ प्याकेट नुन, ३ केजि चिनी, ५ मिटर म्याट्रेस तथा ४ थान कम्वल (साधारण)  उपलव्ध गराइएको रेडक्रस उपशाखाले जनाएको छ ।

विपद व्यवस्थापन तथा जिल्लाबाट थप राहतका लागि समेत पहल गरिने रेडक्रस उपशाखा सभापति कार्कीले बताउनुभयो ।

[ यो पनि--खोटाङका विभिन्न स्थानमा आगलागीबाट क्षति }
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विध्युत शर्ट हुँदा एक घर पूर्णरुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.४ बडहरेमा स्थानीयहरु...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुर्ईचम्मा गाउँपालिका वडा नं. १ याम्खास्थित...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको रावाबेसी गाउँपालिका –४ डुम्रे धारापानीका अग्निपीडित परिवारलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विविध कार्यक्रमका साथ सप्ताहव्यापी रुपमा १३...

हलेसीन्युजडेस्क, खोटाङ/ जिल्ला प्रहरी कार्यालय खोटाङले सञ्चालनमा ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम...

Horoscopes Icon

All Horoscopes