सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख १५, २०८१, खोटाङ

Image

डढेलोबाट फैलिएको आगोले हलेसी सल्लेमा ठूलो क्षति


हलेसीन्युजेस्क, खोटाङ /

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही घर तथा मतानहरु सल्किएर ठूलो क्षति व्यहोर्नु परेको समाचार प्राप्त भएको छ । शुक्रवार अपरान्ह गाउँ नजिकैको सल्लेपोखरी सामुदायिक वनमा लागेको डढेलो हावाहुरीका कारण अनियन्त्रित भई बस्तीमा फैलिन पुगी स्थानीयको ७ घर र केही मतानहरु जलेर नष्ट हुँदा एक करोड भन्दा वढीको क्षति पुगेको बताइन्छ ।

आफू वडा कार्यालयतिर जाँदै गर्दा मंगलटारको घुर्चु र हलेसी डाँँडागुठ पुछारका जंगलहरुमा डढेलो   देखिएको तर केही वेरमै सल्ले सामुदायिक वनमा पनि डढेलो फैलिन गएको वडाध्यक्ष काशीराज राई बताउनुहुन्छ । उहाँका अनुसार अपरान्ह २.३० वजेतिर जंगलको डढेलोको लप्को हावाहुरिका कारण वस्तितिर फैलिन पुगेको थियो । हेर्दा हेर्दै आगजनीबाट झनबहादुर थापा मगर, गोपालबहादुर थापा मगर, इन्द्रबहादुर थापा मगर, खगेन्द्र विकको घर डढेलोको झिल्कोले आगजनी गराई निमेषभरमा खरानी बनाइदियो ।

खगेन्द्र विकको घरभित्र राखिएको ग्याँस सिलिण्डर पड्किएपछि झनै आगोको लप्को फैलिन पुगी नजिकका घरहरुमा असर पुराएको बताइन्छ । आगोबाट मदनबहादुर थापा मगर र भेषबहादुर थापा मगरको घर, योग बहादुर राना मगरको मतान जलेर पूर्ण रुपमा क्षति पुगेको जनाइएको छ ।

घर मतान जल्दा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, गरगना, भाडावर्तनका अलावा नगद रकमहरु विध्युतीय उपकरणहरु सबै नष्ट हुँदा करोड भन्दा वढी क्षति पुगेको प्रहरी श्रोतले जनाएको छ ।

वस्तिमा आगजनी भएको खवर प्राप्त हुना साथै इलाका प्रहरी कार्यालय महादेवस्थान र प्रहरी चौकी अर्खौलेबाट प्रहरीका टोलि घटनास्थल सल्लेमा आगो नियन्त्रणका लागि पुगेका थिए । तर ठूलो ज्वाला फ्याँकेर दन्किरहेको आगो नियन्त्रण गर्न कठिन भएको जनाइएको छ ।

 

[ यो पनि -बाराहापोखरीका अग्निपीडित परिवारहरुलाई राहत सहयोग प्रदान }
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पामा सञ्चालन भैरहेको...

हलेसीन्युजडेस्क, खोटाङ / डीस होमले टी-२० विश्वकप क्रिकेट र युरो...

रेडक्रस शाखा खोटाङले रक्तदानका साथ रेडक्रस दिवस मनायो हलेसीन्युजडेस्क, खोटाङ / आज...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’अन्तरपालिका...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल विभिन्न धर्म सँस्कृतिले विभूषित देश हो ।...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा कुनै समय निकै चर्चित र कृयाशिल रहेको...

Horoscopes Icon

All Horoscopes