सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख १४, २०८१, खोटाङ

Image

बाराहापोखरीका अग्निपीडित परिवारहरुलाई राहत सहयोग प्रदान


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका कारण घरगोठ जलेर आहत बनेका परिवारहरुलाई तत्काल राहत प्रदान गरिएको छ । बाराहापोखरी गाउँपालिका तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा वाराहापोखरीबाट विहीवार आगलागीका कारण आहत परिवारहरुलाई राहत रकम तथा सामाग्री प्रदान गरिएको हो ।

बैशाख  १२ गते विभिन्न सामुदायिक वनबाट डढेलो लाग्न शुरु भै वस्तिमा समेत फैलिएर घर गोठ आगलागी भै सबैभन्दा वढी क्षति पुराएका सनमान मगरलाई रु ४० हजार, त्यसैगरी अन्य पीडित परिवारका मोहनलाल मगरलाई रु ३० हजार, उर्मिला राईलाई रु ३० हजार राहत रकम गाउपालिकाबाट प्रदान गरिएको गाउँपालिकाका सूचना अधिकारी प्रशासन सहायक रमेश पोखरेलले बताउनुभयो ।

गाउँपालिकाबाट अन्य अग्निपीडित परिवारहरुमा भद्रसिं थापा मगरलाई रु. २५ हजार, पूर्णबहादुर मगरलाई रु. २५ हजार, नगेन्द्र मगरलाई रु २५ हजार, बमबहादुर मगरलाई रु. २५ हजार, पदमबहादुर कटवाललाई रु. २५ हजार तथा सुमन मगरलाई रु .२५ हजार राहत रकम प्रदान गरिएको सूचना अधिकारी पोखरेलले जानकारी गराउनुभयो ।

अग्निपीडितहरुलाई विहीवार घटनास्थलमै पुगेर गाउपालिकाको तर्फबाट अध्यक्ष शालिकराम बन्जाराले राहत रकम हस्तान्तरण गर्नुभएको थियो ।

यसैगरी अग्निपीडित ९ घर परिवारहरुलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा वाराहापोखरीले त्रिपाल, भाडाकुडा, सिरक, कम्वल, सिरानी तथा लाउने कपडा १÷ १ सेट उपलव्ध गराएको  रेडक्रस उपशाखा सभापति भुवन श्रेष्ठले जानकारी दिनुभएको छ । अग्निपीडित मध्ये पाँच घर परिवारलाई उहाँहरुको तत्काल खानका लागि समेत अन्नपात सबै आगलागीमा नष्ट भएको हँदा तत्काललाई खाध्यान्न सामाग्रीहरु २० केजि चामल, १ किलो दाल, १ किलो नुन, १ लिटर तेल प्रति परिवारलाई उपलव्ध गराइएको रेडक्रस उपशाखा सभापति श्रेष्ठले बताउनुभयो  ।

स्थानीयवासी मिलेर अग्निपीडित परिवारहरुका लागि थप सहयोग गरिने समेत उहाँले बताउनुभयो ।

 

[ यो पनि -डढेलोको प्रकोपमा खोटाङ }
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा सञ्चालित पुरानो शैक्षिक संस्था...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विध्यालय अन्तर्गत पठन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसीतुवाचुङ नगरपालिकास्थित त्रिधार्मिक स्थल हलेसीमा हवन कुण्ड...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ५ सप्तेश्वर छितापोखरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका अग्रज प्रतिष्ठित व्यक्ति डिल्लिबहादुर लयालुको देहान्त भएको...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाद्धारा क्यानेडियन रेडक्रसको...

Horoscopes Icon

All Horoscopes