सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख १५, २०८१, खोटाङ

Image

खोटाङमा लैङ्गिक हिङ्सा निवारणसम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच लैङ्गिक हिङ्सा निवारणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय महिला आयोगले शुक्रवार जिल्लास्थित दशवटै स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी तथा सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिलाई सहभागी गराएर शुक्रबार दिक्तेलमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले न्यायका पहुँचभन्दा बाहिर रहेका नागरिकलाई न्याय दिलाउनेगरी प्रभावकारी रुपमा क्रियाकलाप गर्न स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारीलाई अनुरोध गर्नुभएको छ ।  उहाँले संघीयताको कार्यान्वयनसँगै स्थानीय तहहरुमा न्यायिक समिति गठन हुने व्यवस्था हुनु महत्वपूर्ण उपलव्धि भएको उल्लेख गर्नुभयो । यसलाई प्रभावकारी बनाउनु न्यायिक समितिका पदाधिकारीहरुको भूमिकामा निर्भर रहेको बताउदै उहाँले यस्ता अन्तकृयात्मक कार्यक्रमहरुबाट क्षमता विकासमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले राष्ट्रिय महिला आयोगको क्रियाकलापले नागरिकमा चेतना अभिवृद्धि हुने बताउनुभयो । यस्ता गतिविधिहरु शहरवजार केन्द्रित नगरी गाउँका दुरदराजमा समेत विस्तारित हुनुपर्नेमा उहाँको जोड थिया ।

अन्तरक्रिया कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक विशन राई, केपिलासगढी गाउँपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक गुरुराज राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका उपप्रमुख अरुणा थापामगर, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, कानून व्यवसायी, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा जिल्ला न्यायाधिवक्ता टीकाभूषण घिमिरे र आयोगका उपसचिव लक्ष्मी शर्मा पौडेलले लैङ्गिक हिङ्सा निवारणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले न्यायिक समितिको क्षेत्राधिकार तथा कार्यसम्पादन प्रक्रिया, महिलाको न्यायमा पहुँच, महिला अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी अभ्यास लगायतका बारेमा तयार पारिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा उठेका गम्भीर प्रकृतिका सवालहरुलाई राष्ट्रिय महिला आयोगका पदाधिकारी तथा प्रतिनिधिले टिपोट गरेर लगेका छन् । टिपोट गरिएका सवालहरुलाई उच्चस्तरीय छलफलको आयोजना गरेर समाधान गरिने राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल (खतिवडा) ले बताउनुभएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पामा सञ्चालन भैरहेको...

हलेसीन्युजडेस्क, खोटाङ / डीस होमले टी-२० विश्वकप क्रिकेट र युरो...

रेडक्रस शाखा खोटाङले रक्तदानका साथ रेडक्रस दिवस मनायो हलेसीन्युजडेस्क, खोटाङ / आज...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’अन्तरपालिका...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल विभिन्न धर्म सँस्कृतिले विभूषित देश हो ।...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा कुनै समय निकै चर्चित र कृयाशिल रहेको...

Horoscopes Icon

All Horoscopes