सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ / जन-जीवन

बैशाख १६, २०८१, खोटाङ

Image

फेरि चर्चा खानेपानीकै / मर्का स्थानीयवासीकै


हलेसीन्युजडेस्क, खोटाङ

(www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका कारण पानीका मुहानहरु सुक्दै / जनजीवन कष्टकर बन्दै ले सम्बद्ध भेकका धेरै पाठकहरुको ध्यानाकृष्ट गराउँदै उहाँहरुबाट अरु जानकारी प्राप्त भयो । हामीले पनि अन्य आधिकारिक व्यक्तिहरुसँग सम्पर्क गरेपछि थप समाचार तयार गरिएको हो ।)

खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ११ लाई राजापानी भनेर चिन्दछौँ । नाम राजापानी भएपनि यहाँ पिउने पानीको चरम अभाव रहेको छ । यतिखेरको खडेरीले झनै जनजीवन कष्टप्रद एवं त्राहीमाम बनाएको छ । पिउने पानीको जोहो गर्न  हरेक विहान सखारैदेखि दौडधुप गर्नु परिरहेको स्थानीयवासी बताउछन् । 

हुर्लुङ र अर्खौले नजिक ढाँडपानी मुहानबाट ल्याइएको खानेपानी यतिखेर बन्द झैँ रहेको साविक ६ नं. वडा मानपुर निवासी किसन सुयाँल बताउनुहुन्छ । उहाँका अनुसार लामो दुरिबाट ल्याइएको खानेपानीका पाइपहरु जंगलमा नियमित जस्तै लागिरहेको डढेलोका कारण जलेर क्षतविक्षत भएकोले पानी आपूर्तिमा समस्या हुन गएको हो । मानपुरमा नजिकै मुहानबाट ल्याइएको खानेपानीले ३० / ४० घर परिवारलाई मुश्किलले धानिरहेको उहाँ बताउनुहुन्छ । मुहानमा पानी सुकेर दुई गाग्री पानी भर्न आधि घण्टा लाग्ने गरेको उहाँको भनाई छ । 

ओखरबोटे तल्लोसान्ने, पाटीआहाल, रोकाडाँडा, नमुनाटोल, तल्लो बडाका, काहुले, बेराखा बाहुनगाउँ, कार्की गाउँ, गैरीखोला, सिमपानी, बेलबोटे, थुम्कीलगायतका टोलहरुमा  पानीको अभावमा यतिखेर जनजीवन काकाकूल झैँ बन्न पुगेको बताइन्छ । ती ठाउँहरुमा विगतमा पनि पानीको अभाव  झेल्दै आउनुपरेको कारण त्यहाँका वासिन्दाहरु अन्यत्र बसाइँसराई जाने गरेको छन् ।  

नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको हक प्रत्याभूत गरेपनि खोटाङ जिल्लाको विभिन्न ग्रामिण वस्तिका नागरिकहरु पानी लिनका लागि  घन्टौ सम्म हिड्नु पर्ने अवस्था विध्यमान छ । यहाँ (राजापानी)का कतिपय वासिन्दाहरु २०७२ सालको भुकम्पले घर भत्काएपछि साप्सुखोला र सुनकोशीे दोभान रेग्मीटारमा सरेका छन् । कतिपय नागरिकहरु भने सुविधाको खोजिमा गाईघाट, विराटनगर र काठमाडौं समेत स्थानान्तरण बनेका छन् ।

राजापानीको खानेपानी समस्यालाई निराकरण गर्ने उद्धेश्यले २०७५ सालदेखि पूर्वराजापानी वृहत लिफ्टिङ खानेपानी परियोजना पनि सञ्चालन भैरहेको छ । परियोजनाका उपभोक्ता समिति अध्यक्ष प्रकाश राई पनि राजापानीवासीले यतिखेर पानीको अभावमा भोग्नुपरेको दुर्दशालाई चरितार्थ गर्दै भन्नुहन्छ–‘ पुरानो योजनाको पाइपबाट पानी आउन सकेको छैन, नजिकका मुहानहरु सुकिसके । बेहाल छ ।’ 

उहाँको भनाई अनुसार लिफ्टिङ परियोजनाका लागि यो आर्थिक वर्षमा प्रदेश सरकारबाट विनियोजित रकम रु ७० लाख वजेटबाट काम धमाधम भैरहेको छ । सुनकोशी किनार साविक वडा नं. १ भाडवेशीमा बन्दै गरेको सव-वेलको काम अब दुई हप्ताभित्र सम्पन्न हुनेछ । जिआई पायप विच्छ्याउने काम पनि अगाडि बढाउन लागिएको छ । तर हालसम्म वजेट कमीका कारणले सम्पूर्ण परियोजनाको करिव ४५ प्रतिशत काम मात्र भएको उहाँको भनाई छ । राजापानीका सबै घरधुरिहरुका लागि एक एक वटा धारा वितरण गरिने लक्ष्यका साथ अगाडि बढाइएको लिफ्टिङको काम छिटो सम्पन्न गर्न आगामी वर्षमा उल्लेखनीय वजेट छुट्याउन जरुरी रहेको राई बताउनुहुन्छ । 

खानेपानीको समस्या राजापानीमा मात्रै होइन । नगरपालिकाका वडा नं. १ बाहुनीडाँडा, वडा नं.२ डिकुवा, वडा नं.५ दुर्छिम, वडा नं.८ धितुङ र वडा नं. १० अर्खौलेमा पनि खानेपानीको विकराल समस्या रहेको हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीका वडाध्यक्ष अनिश कार्की बताउनुहुन्छ । पानीको मुहान सुक्दै गएको र बाँकी रहेका स्रोतले धान्न छाडेको सो क्षेत्रमा पिउने पानीको अन्य भरपर्दो विकल्प नहुँदा स्थानीयवासी समस्यामा पर्नु परेको वडाध्यक्ष कार्कीको कथन छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेल वजारमा शुरु भएको ‘‘ वृहत...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलवजारमा तीनदिने निःशुल्क आँखा जाँच तथा...

पहिलो दिन एथलेटिक्स प्रतियोगिता हुँदै उद्घाटनका लागिअन्तर्राष्ट्रिय किर्तिमानी धावक बैकुण्ठ...

उपाधि चुम्ने पालिकाहरुमा महिला तर्फ आमचोक र पुरुष तर्फ दमक हलेसीन्युजडेस्क,...

एमसी सुमित ट्वाक्कै ५५ वर्ष पुगेर ५६ लागियो । आधा जोभान...

निवर्तमान अध्यक्ष टेकेन्द्र राईको नेतृत्वतामा १३ सदस्यीय नयाँ कार्य समिति...

Horoscopes Icon

All Horoscopes