सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख २०, २०८१, Khotang

Image

नेपाल आदिवासी जनजाति महासंघद्धारा खोटाङको चौथो जिल्ला अधिबेशन उद्घाटन सम्पन्न


हलेसीन्युजडेस्क, खोटाङ /

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले विभिन्न व्यक्तित्वहरुलाई आफ्नो चौथो जिल्ला अधिबेशन उद्घाटन समारोहको अवसरमा पुरस्कार तथा सम्मान गरेको छ । बुधवार सदरमुकाम दिक्तेलबजारमा भएको चौथो जिल्ला अधिवेशनको उद्घाटन समारोहमा पत्रकार चिसाङ शेर्पालाई उत्कृष्ट पत्रकारिता पुरस्कार तथा पहिचानको अभियानलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने पाँच जना व्यक्तित्वहरु र महासंघको भवनका लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गा दाताहरुलाई सम्मान गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला घर भएका पत्रकार शेर्पालाई आयोजकले रु पाँच हजार राशीको नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ । उहाँ समायोजन खबर डटकमका सञ्चालक तथा विभिन्न राष्ट्रिय सञ्चार संस्थाका खोटाङ संवाददाता भएर पत्रकारिता क्षेत्रमा लामो समयदेखि कृयाशिल रहनुभएको छ ।

यस्तै दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको अधिवेशनमा महासंघले पहिचानको आन्दोलनलाई स्थापित गर्ने अभियानमा लागिरहेका पाँचजना व्यक्तित्वहरु पूर्वमन्त्री गोपाल किराती, गन्धमान राई, राजेश राई, विजय राई, उदिम चाम्लिङलाई सम्मानित गरिएको छ । उहाँहरुलाई पहिचानको आन्दोलनका क्रममा केहीदिन अगाडि पक्राउ गरी प्रहरी हिरासतमा समेत राखिएको थियो । 

यस्तै, महासङ्घको कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुहुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडे निवासी फुर्वा शेर्पा तथा उहाँकी धर्मपत्नि पसलामू शेर्पालाई सम्मान गरेको छ । उहाँहरुले  महासंघको भवन निर्माणका लागि थामखोरे डाँडामा मालपोत कार्यालयको दररेट अनुसार रु दश लाख दश हजार बराबरको आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको जनाइएको छ । 

पुरस्कृत पत्रकार शेर्पा तथा अन्य सम्मानित व्यक्तित्वहरुलाई नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद्का उप–महासचिव एवं कार्यक्रमका प्रमुख अतिथि रामकृष्ण ब्लोन तामाङ, विशेष अतिथिहरु गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङ, नेपाल तामाङ घेदुङ बागमती प्रदेश अध्यक्ष बिलाम मोक्तान, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई लगायतले पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

महासंघका अध्यक्ष फुर्वा शेर्पाको अध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद्का उप–महासचिव रामकृष्ण ब्लोन तामाङको प्रमुख आतिथ्यतामा  विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित अधिवेशनको उद्घाटन गरिएको थियो । 

अब नयाँ नेतृत्व चयन गरेर चौथो अधिवेशन समापन गरिने अध्यक्ष शेर्पाले बताउनुभयो ।

          उद्घाटन समारोह-पुरस्कार तथा सम्मान प्रदान 


 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा सञ्चालित सूर्योदय कृषि...

हलेसीन्युजडेस्क, खोटाङ / किराँत राई चाम्लिङ खाम्वातिमले किराँत सँस्कृति अनुसार नाचिने...

‘स्थानीय वस्तुहरुको चिनारी र संस्कृति झल्कने मौलिक संरचनाहरुको विकास गर्नु...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलवजारस्थित श्री सरस्वती...

कवि किरण सिवाको कविता ‘विर्खे दमाईको आवाज’ प्रथम घोषित हलेसीन्युजडेस्क, खोटाङ...

हलेसीन्युजडेस्क, खोटाङ / कोशी प्रदेश अन्तर्गत धनकुटा हिलेमा कोशी प्रदेशभरिका स्थानीयतहका...

Horoscopes Icon

All Horoscopes