सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख २१, २०८१, खोटाङ

Image

नेपाल रेडक्रस सोसाइटी खोटाङद्धारा ECBHFA तालिम सम्पन्न

हलेसीन्युजडेस्क, खोटाङ /

नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाद्धारा क्यानेडियन रेडक्रसको आर्थिक सहयोगमा सन्चालित समुदायमा आधारित वृहत स्वास्थ्य कार्यक्रम अन्तर्गत तथ्य केन्द्रित समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार (ECBHFA) तालिम सम्पन्न भएको छ । बैशाख १२ देखि १७ गतेसम्म सञ्चालन भएको उक्त तालिममा परियोजना सन्चालित क्षेत्र अन्तर्गत ऐसेलुखर्क र दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका २४ जनाले सहभागिता जनाएको रेडक्रस शाखा खोटाङले जनाएको छ ।

समुदायमा स्वास्थ्य तथा प्राथमिक उपचार स्वयमसेवक उत्पादन गरी स्वास्थ्य प्रवद्र्धनको लागि परिचालन गर्ने उद्घेश्यले तालिमको आयोजना गरिएको थाहा भएको छ । 

नेपाल रेडक्रस सोसाईटी खोटाङ जिल्ला शाखाको सभापति ज्ञानेन्द्र जोशीको अध्यक्षतामा   भएको तालिमको उदघाटन नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य एवं केन्द्रिय स्वास्थ्य समितिका सभापति नौल सिंह पुनले  गर्नुभएको थियोे । 

नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका उप महासचिव कृष्ण चन्द्र पाण्डे, स्वास्थ्य सेवा विभागका उपनिर्देशक शिवराम गौतम, कार्यक्रम संयोजक दिपक पोख्रेल, स्वास्थ्य अधिकृत प्रविण श्रेष्ठ र सामाजिक परिचालक लोकमाया थापाले तालिमको सहजिकरण गर्नुभएको थियो । 

आगामी दिनमा उक्त तालिम प्राप्त स्वयंसेवकहरुलाई समुदायस्तरमा जनचेतना अभिबृद्दी गर्न परिचालन गर्ने स्वास्थ्य अधिकृत प्रविण श्रेष्ठले बताउनुभयो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

हलेसीन्युजडेस्क, खोटाङ / नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी...

Horoscopes Icon

All Horoscopes