सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख २२, २०८१, खोटाङ

Image

स. छितापोखरीका अग्निपीडित परिवारलाई गाउँपालिकाबाट राहत प्रदान


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ५ सप्तेश्वर छितापोखरीका अग्निपीडित परिवारलाई राहत सामाग्री तथा राहत रकम उपलव्ध गराइएको छ । गत बैशाख ९ गते राती १० बजे विद्युत सर्ट भएर आगलागी भै क्षति व्यहोरेको सप्तेश्वर छितापोखरीस्थित खुदुर्केका अग्निपीडित परिवारहरु शमशेर बहादुर खड्का र छोरा दिपक खड्काको परिवारलाई दिप्रुङचुइचुम्मा गाउपालिकाबाट राहत सामाग्री तथा राहत रकम उपलव्ध गराइएको हो ।

गाउपालिकाका अध्यक्ष लोकेन्द्र राई, उपाध्यक्ष अरुणा थापा मगर, वडा नं. ७ सप्तेश्वर छितापोखरीका वडाध्यक्ष  डम्बरबहादुर खड्का, वडा नं. १ याम्खाका वडाध्यक्ष केशव खत्री, वडा नं. ३ छोरम्बुका वडाध्यक्ष भुपेन्द्र बस्नेत लगायत पालिकाका कर्मचारी तथा सुरक्षाकर्मीहरु शुक्रवार घटनास्थलमा पुगेर अग्निपीडित परिवारका लागि ४ वोरा चामल, १० केजि दाल, ८ केजि आलु, १ कार्टन तेल, ६ केजि चिउरा, २ कार्टन चाउचाउ, ८ दर्जन विस्कुट, ६ प्याकेट मसला, १ केजि जिरा, १ केजि मेथी, १ थान सिरक, ३ प्याकेट तेल, ६ प्याकेट नुन, ६ केजि चिनी, १ थान टनेल, १ दर्जन भाडा धुने सावुन, १ दर्जन लुगा धुने सावुन, १ थान त्रिपाल राहत सामाग्रीका रुपमा उपलव्ध उपलव्ध गराइएको छ भने राहत रकम नगदरु १ लाख पचासहजार समेत हस्तान्तरण गरिएको पालिकाले जनाएको छ ।

आगलागी भए लगत्तै बैशाख ११ गते स्थानीय रेडक्रस उपशाखा छितापोखरीबाट पीडित परिवारलाई खाध्यान्न तथा उपभोग्य सामाग्रीहरु राहतका रुपमा उपलव्ध गराइएको थियो ।

छुट्टभिण्ड भए पनि एउटै घरमा बस्दै आएका खड्का परिवारको उक्त घर विद्युत सर्ट भई आगलागी हुँदा घर तथा घरमा भएको अन्नपात लगायत गरगहना र भौतिक सामाग्रीहरु जलेर नष्ट हुँदा रु २५ लाख वढी धनमाल क्षति भएको थियो ।


 

[  यो पनि-सप्तेश्वर छितापोखरीका अग्निपीडित परिवारलाई राहत सामाग्री प्रदान  }

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडास्तरमा स्थानीय पाठ्यक्रम...

खोटाङका प्रदेश सांसद पाँचकर्ण राई सामाजिक विकास मन्त्रीमा नियुक्त हलेसीन्युजडेस्क,...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलबजारमा फोटोग्राफी तथा सिनेअटोग्राफी तालिम...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा सञ्चालित सूर्योदय कृषि...

हलेसीन्युजडेस्क, खोटाङ / किराँत राई चाम्लिङ खाम्वातिमले किराँत सँस्कृति अनुसार नाचिने...

Horoscopes Icon

All Horoscopes