सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख २४, २०८१, खोटाङ

Image

खोटाङमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयमा वृहत अन्तक्रिया

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको सदरमुकाम दिक्तेलवजारमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयमा अन्तक्रियात्मक  कार्यक्रमको आयोजना गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयोजनामा  आयोगका आयुक्त डा. हरि पौडेलको सभापतित्व तथा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा आइतवार जिल्ला समन्वय समिति सभाहलमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयमा वृहद अन्तक्रियात्मक कार्यक्रमको आयोजना गरिएको हो ।

 

वढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्दै सुशासनको प्रत्याभूति दिलाउन सरोकारवालाहरुका साथ स्थानीय तहका सरकारप्रमुख, उपप्रमुख, शैक्षिक संस्थाका विव्यास अध्यक्ष, प्रअ र आयोगका टिमसँग भएको अन्तरकृयात्मक कार्यक्रममा भ्रष्टाचारसँग गाँसिएका महत्वपूर्ण विषयहरु उठान भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

अन्तरकृयात्मक कार्यक्रममा ९ जना सहभागीहरुबाट जिज्ञासा राखिएको थियो, जसको जवाफ आयोगका प्रवक्ता सहसचिव नरहरी घिमिरेले दिनुभएको थियो । केही बक्ताहरुले आख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हाउगुजीका रुपमा प्रस्तुत गर्न नहुने तर होसियारीपूर्वक भ्रष्टाचारका मुद्धाहरुको अनुसन्धानमा जोड दिइनुपर्ने भनाई राख्नुभएको थियो भने सो अवरसमा केही बक्ताले कतिपय मुद्धाहरु पूर्वाग्रह राखेर अख्यिारको टेवलमा दर्ता गरिने र यसको तथ्य नबुझी अख्तियारको टोलि फिल्डमा खटिदा समय र जनशक्तिको दुरुपयोग हुने प्रसंग पनि उठाउनुभएको थियो ।

स्थानीयतहका प्रमुखहरुका तर्फबाट अन्तरकृयात्मक कार्यक्रममा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख तीर्थराज भट्टराईले अयोगका आधिकारिक पदाधिकारीसँग यसरी स्थानीय तह र अन्य सरोकारवालाहरुको सहभागितामा भ्रष्टाचार न्युनिकरण र सुशासनका महत्वपूर्ण विषयहरुमा अन्तरकृया गरेर पारस्परिक अनुभव वाँड्ने अवसरलाई महत्वपूर्ण रुपमा लिइएको भन्दै यस्ता कार्यक्रम पालिकास्तरमा हुनुपर्ने बताउनुभयो ।

खोटाङका प्रमुख जिल्ला अधिकारी शिवबहादुर कार्कीले  जिल्लामा १२ वटा यस्ता मुद्धाहरु प्रशासनमा दर्ता भएका र हालसम्म ४ वटा किनार लागिसकेको बाँकी ८ वटा अनुसन्धानको प्रकृयामा रहेको बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै आयोगका आयुक्त डा. हरि पौडेलले अन्तरकृयात्मक कार्यक्रममा दिइएका सुझावहरुलाई अत्यन्त महत्वका साथ लिएर कार्यान्वयनमा जोड दिने प्रतिवद्धता व्यक्त गर्नुहुदै उपस्थित सबैलाई ‘भष्टाचार गर्दैनौँ’ भनेर एक्यवद्धता जनाउन आग्रह गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले भ्रष्टाचार हुन नदिने र भएकोलाई यथोचित नियमन र नियन्त्रण गर्ने काममा आयोगको ठूलो भूमिका रहने बताउनुभयो । उहाँले कसैद्धारा पूर्वाग्रही बनेर निर्दोष मानिसलाई उजुरी हाले पनि छानविन र अनुसन्धान विना कार्वाही भैहाल्ने होइन, तर  भ्रष्टाचार गरेको छ भने कसैले जोगउन नहुने भन्दै  खोटाङमा आयोगका आधिकारिक व्यक्तित्वहरु आएर महत्वपूर्ण अन्तरकृया कार्यक्रमको आयोजना गरिएकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो ।

अन्तरकृयात्मक कार्यक्रममा पालिका प्रमुख÷उपप्रमुख, आयोगका प्रवक्ता नरहरी घिमिरे, वर्दिवासका प्रमुख रामबहादुर कुरूंगवांग, बिभिन्न कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न विध्यालयका विव्यास अध्यक्ष, प्रअ, बिभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु, संचारकर्मी पत्रकारहरू तथा नागरिक समाजको व्यापक उपस्थिति  रहेको थियो ।

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडामा ...

हलेसीन्युजडेस्क, खोटाङ / नेपालका चर्चित कलाकार सुनिल थापा “रातेकाईंला”ले दिक्तेल रूपाकोट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडास्तरमा स्थानीय पाठ्यक्रम...

खोटाङका प्रदेश सांसद पाँचकर्ण राई सामाजिक विकास मन्त्रीमा नियुक्त हलेसीन्युजडेस्क,...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलबजारमा फोटोग्राफी तथा सिनेअटोग्राफी तालिम...

Horoscopes Icon

All Horoscopes