सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख २५, २०८१, खोटाङ

Image

साकेलाबाट सामाजिक सुरक्षा भत्ता अन्तर्गत रु. ३७ लाख वढी रकम फिर्ता


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको साकेला गाउँपालिकाबाट बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेकोमा पछिल्लो पटक ३७ लाख रुपैंया भन्दा बढी रकम फिर्ता पठाईएको छ । बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्न थालिएपछि हालसम्म पनि बैंकको सम्पर्कमा आएर आफ्नो खाता सक्रिय नगराउने ७८ जना लाभग्राहीहरुको कूल रकम ३७ लाख ३६ हजार ८६५ रुपैंया हालै संघीय संचित कोषको बेरुजु खातामा फिर्ता पठाईएको गाउँपालिकाले जनाएको छ । 

यसअघि उक्त गाउँपालिकाले आर्थिक वर्ष ०७७/०७८ को दोश्रो र तेश्रो चौमासिकमा लाभग्राहीको खातामा भुक्तानी भए पनि बैंकको सम्पर्कमा लाभग्राही नआएपछि ४६ लाख ७४ हजार ७६६ रुपैयाँ रकम फिर्ता पठाएको थियो । 

साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले कार्यपालिका वैठकबाट निर्णय गरेर बैंकमै थन्किएको लाभग्राहीको रकम संघीय संचित कोषमा फिर्ता पठाईएको बताउनुभयो ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमा आधारित बनाउने उदेश्य अनुरुप उक्त रकम फिर्ता गर्ने निर्णय गरिएको अध्यक्ष राईले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई व्यवस्थित गरि लाभग्राहीलाई सहजता प्रदान गर्न वर्षको तीन पटक सम्म वडा तथा टोलटोलमा शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाईको भए पनि उक्त रकम लिन शिविरस्थल तथा बैंकको सम्पर्कमा लाभग्राही नआएपछि सो रकम फिर्ता गर्न गाउँपालिका वाध्य भएको अध्यक्ष राईको भनाई छ । 

भौगोलिक कठिनाई र वृद्ध अवस्थाका अशक्त तथा अपाङ्गता भएका लाभग्राहीहरुलाई लक्षित गरि पालिकाले बैंकसँगको समन्वयमा भुक्तानी शिविर सञ्चालन गर्दै आएको छ भने भत्ता लिने लाभग्राहीको सहजताका लागि हरेक वर्ष टोल तथा वस्तीस्तरमा नवीकरण शिविर र घरदैलै अभियान समेत सञ्चालन गर्दै आएको छ । सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन हरेक स्थानीय तहहरुमा गृह मन्त्रालय अन्तर्गत रहेको पञ्जीकरण विभागले सेवा इकाईको स्थापना गरि एमआईएस सिष्टम सञ्चालन गर्ने कर्मचारीको व्यवस्थापन गरेको छ । गाउँपालिकामा स्थापना भएको सूचना व्यवस्थापन प्रणाली (एमआईएस) सिष्टम सञ्चालन गर्ने सेवा इकाई मार्फत हुने कार्य र बैंकिङ प्रणाली मार्फत हुने भत्ता भुक्तानीको कार्यले वास्तविक लाभग्राहीको पहिचान खुलेको छ, यस कार्यले अनियमितता रोकी पारदर्शिता कायम भएको गाउँपालिका अध्यक्ष राईको दावी छ । 

यसअघि गाउँपालिकाले खातामा भएको रकम झिक्न पटक पटक सूचना प्रकाशन गर्नुका साथै हरेक वडा कार्यालयहरु मार्फत लाभग्राहीहरुको खोजि गरि जानकारी गराए पनि लाभग्राहीहरु सम्पर्कमा नआएपछि वाध्य भएर रकम फिर्ताको प्रकृया अघि बढाईएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राईले बताउनुभयो ।

पाँच वटा वडा रहेको गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को दोश्रो चौमासिकदेखि सबै प्रकारको सामाजिक सुरक्षा भत्ता वितरण नेपाल एसबिआई बैंक मार्फत वितरण गर्दै आएको छ । 

चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकदेखि भने गाउँपालिकाले विद्युतीय भुक्तानी प्रणाली (ईएफटी) मार्फत लाभग्राहीहरुको खातामा सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । साकेला गाउँपालिकामा हाल १ हजार ३ सय ४७ जना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही कायम रहेका छन् । यस त्रैमासिकमा उक्त लाभग्राहीहरुको लागि १ करोड ३४ लाख १९ हजार ४१४ रुपैंया रकम विद्युतीय भुक्तानी प्रणाली (ईएफटी) मार्फत खातामा भुक्तानी गरिएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडामा ...

हलेसीन्युजडेस्क, खोटाङ / नेपालका चर्चित कलाकार सुनिल थापा “रातेकाईंला”ले दिक्तेल रूपाकोट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडास्तरमा स्थानीय पाठ्यक्रम...

खोटाङका प्रदेश सांसद पाँचकर्ण राई सामाजिक विकास मन्त्रीमा नियुक्त हलेसीन्युजडेस्क,...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलबजारमा फोटोग्राफी तथा सिनेअटोग्राफी तालिम...

Horoscopes Icon

All Horoscopes