सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ ९, २०८१, खोटाङ

Image

खोटाङमा घरेलु तथा लैङ्गिक हिंसाका घटनाहरु वढी


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङ जिल्लामा घरेलु हिंसा तथा लैङ्गिक हिंसाका घटनाहरु  वढी पाइएको छ । राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश शाखा कार्यालय खोटाङ र जिल्ला प्रहरी कार्यालय खोटाङको तथ्यांक अनुसार खोटाङ जिल्लामा घरेलु हिंसा तथा लैङ्गिक हिंसाका घटनाहरु तुलनात्मक रुपमा वढी पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङले दिएको तथ्यांक अनुसार चालू आर्थिक बर्ष २०८०/८१ मा ४० वटा विभिन्न हिंसाका घटना दर्ता भएको छ । जसमध्ये  घरेलु हिंसा २० वटा, वाल हिंसा २ वटा, जेष्ठ नागरिकमाथि गरिएको हिंसा ३ वटा र महिला हिंसा १५ वटा रहेको छ । सबैभन्दा बढी पति-पत्निवीच भएका घरेलु झगडाका घटनाहरु हुने गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक वेनु कार्कीले जानकारी दिनुभएको छ ।  

हाल घरेलु हिंसा २० वटा दर्ता भएकोमा सबैै फर्छ्योट भैसकेको, वाल हिंसा २ मध्ये १ फर्छ्योट भएर एउटा प्रकृयामा रहेको, जेष्ठ नागरिकमाथि भएकोे हिंसा ३ मध्ये २ फर्छ्योट र एउटा प्रकृयामा रहेको जनाइएको छ । यस्तै महिला हिंसा १५ मध्ये सबै नै फर्छ्योट भइसकेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

यस्तै राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश शाखा कार्यालय, खोटाङमा पनि यस्ता मानव अधिकारसँग सम्बन्धित घटनाहरु दर्ता हुने गरेको छ । मानव अधिकार आयोग, कोशीप्रदेश कार्यालय, खोटाङको कार्य क्षेत्र खोटाङ, ओखलढुंगा र सोलुखुम्वु पर्ने भएकोले यी तिनै जिल्लामा घट्ने महिला हिंसा, जातीय विभेदका घटना लगायत अन्य मानव अधिकार कुण्ठित हुने उजुरीहरु आयोगको कार्यालयमा पनि दर्ता हुने गरेको छ । हालसम्म खोटाङमा घटेका महिला हिंसाका घटना २ वटा आयोगको कार्यलयमा दर्ता भएको जनाइएको छ ।

यस्तै ओखलढुंगामा घटेको छुवाछुतको घटना २ वटा उजुरी परेको कार्यालय प्रमुख गीताकुमारी दाहालले बताउनु भयो । आर्थिक हैसियत र उमेर समान नहुँदा परिवारमा बेमेलदेखि हिंसासम्म निम्तिने गरेको उहाँले बताउनु भयो । 

यस्तै खोटाङ जिल्लाका दश स्थानीय तहहरुमध्ये हामीलाई जानकारी गराइए अनुसार  हलेसी तुवाचुङ नगरपालिकामा  सामजिक बहिष्करणको घटना १ वटा, पति पत्निवीच घरेल झगडाका घटना २ वटा, लेन देनको घटना २ वटा र सडकको बिषयको घटना १ वटा  नगरपालिकास्थित न्यायिक समितिमा उजुरी परेको न्यायिक समितिका संयोजक एबं नगर उपप्रमुख रमेशकुमार राउतले बताउनु भयो । जसमा लेनदेनको घटनामा सहमति भएर छोडिएको छ भने पति पत्निवीचको घटना पालिकामा मिल्न नसकेको उहाँले बताउनुभयो । 

यस्तै ऐसेलुखर्क गाउँपालिकामा चालू आर्थिक बर्षमा ८ वटा उजुरी परेको न्यायिक समितिका उजुरी प्रशासक रामकाजी नेपालले बताउनुभयो । जसमध्ये लैङ्गिक हिंसा अन्तर्गत  २ मध्ये  १ को फर्छ्योट,  लेनदेन  घटना ४ मध्ये १ को फर्छ्योट र पति पत्निवीच घरेलु झगडा २ घटनामा २ कै फर्छ्योट भएको  बतार्ईएको छ । प्रशासक रामकाजी नेपालका अनुसार लैङ्गिक हिंसा घरभित्र र सार्वजनिक स्थल गरी दुवै स्थानमा घट्ने गरेको पाइन्छ  ।  प्रायःजसो लैङ्गिक हिंसाका घटनाहरु घरमै घटाइने गरेको पाइने उहाँले बताउनुभयो  ।  
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes