सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ १२, २०८१, खोटाङ

Image

दिक्तेल आसपासका छाडा कुकरहरुलाई बन्ध्याकरण गरियो

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सदरमुकाम दिक्तेल आसपास खुला छाडिएका कुकुरहरुको स्थायी बन्ध्याकरण गराएको छ । सार्वजनिक स्थलहरुमा जथाभावी छाडिएका कुकुरहरुका कारण मानिसहरु आतंकित बन्नु परेको हुँदा दिक्तेल रुपाबोट मझुवागढी नगरपालिका र चितवनको रामपुरस्थित कृषि वन विज्ञान विश्व विध्यालयसँगको सहकार्यबाट जेष्ठ १० गते अपरान्ह र ११ गते विहान सदरमुकाम आसपासका छाडा कुकुरहरुलाई नियन्त्रणमा लिई स्थायी बन्ध्याकरण गरिएको हो ।

सडक र खुला स्थानहरुमा पाइने छाडा कुकुरहरुका कारण जो कोही हैरान हुनुपरेको गुनासो नगरपालिकामा समेत वारम्वार आएपछि कुकुरहरुको विगविगीलाई शान्त पार्न यो विधि अपनाएको नगरप्रमुख तीर्थराज भट्टराई बताउनुहुन्छ । 

यस्ता कुकुरहरु गाउँ पसेर कतिपय अवस्थामा गोठमा रहेका वाख्राको पाठो र कुखुराका चल्लाहरु समेत खाने गरेको किसानहरुको गुनासो सुनिन्छ । 

यस्ता समस्याको उचित निराकरणका रुपमा नगरपालिका र कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनवीच बैशाख १५ गते भएको समझदारी अनुसार यो पटक छाडा तथा निजी कुकुरहरु ४० वटाको स्थायी बन्ध्याकरण गरिएको हो ।

कुकुर बन्ध्याकरणका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका सह–प्राध्यापक डाक्टर मनोज साहको नेतृत्वमा पाँचजना विज्ञसहित २१ जनाको टोली दिक्तेलवजार आइपुगेको थियो ।

सार्वजनिक स्थलहरुमा रहेका कुकरहरुलाई नियन्त्रणमा लिई बन्ध्याकरण स्थल लैजाने काममा मुढेस्थित रणभिम गणले सहयोग गरेको नगरपालिकाले जनाएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

हलेसीन्युजडेस्क, खोटाङ / नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी...

Horoscopes Icon

All Horoscopes