सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड १, २०८१, खोटाङ

Image

साकेला सिलि प्रतियोगिताका साथै साकेला उभौली विदाई


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेलस्थित माटिकोरे खेलमैदानमा आज भव्य साकेला सिलि प्रतियोगितासँगै यो वर्षका लागि साकेला उभौलीलाई विदाई गरिएको छ । किराँत राई यायोक्खा जिल्ला कार्य समिति खोटाङ र किराँत सेवा समाज दिक्तेल खोटाङको संयुक्त आयोजनामा दिक्तेलस्थित माटिकोरे खेल मैदानमा आज आषाढ १ गते शनिवार भव्य साकेला सिलि प्रतियोगिताका साथ यो वर्षका लागि साकेला उभौलिलाई विदाई गरिएको हो ।

साकेला उभौली किराँतहरूको महान चाँड हो । प्रत्येक वर्ष बैशाख पुर्णिमा देखि किराँत सँस्कृति र परम्परा अनुसार भव्य रूपमा प्रकृति र भूमिको पूजा गरी साकेला सिलि नाच्दै १ महिना सम्म साकेला उभौलि मनाउने गरिन्छ । महिनादिनभरि प्रकृति र भूमिको पुजा गर्दै पितृहरुको सम्झनामा किराँत धामीहरुले साकेला थान र प्रत्येक किरातीहरुको चुल्हा पुजा गर्दै विभिन्न सिलिमा साकेला नाचिन्छ । 

यो वर्षका लागि साकेला उभौलिलाई विदाई गर्दै दिक्तेल माटिकोरेमा भव्य साकेला सिलि प्रतियोगिता सम्पन्न गरिएको हो ।

विभिन्न जिल्लाका २३ समूहले प्रतिस्पर्धा गरेको प्रतियोगितामा किरात राई यायोख्खा प्रारम्भिक समिति भोजपुर देउराली पहिलो भएको छ । यसैगरी जनसाँस्कृतिक युवा समूह रतन्छा दोस्रो, पारुहाङ सेवा समाज रतन्छा तेस्रो तथा कर्णकुमारी राई स्मृति प्रतिष्ठान सान्त्वना भएका छन् । विजयी समूहलाई क्रमशः नगद रु २० हजार, रु १५ हजार, रु दश हजार र रु पाँच हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

साकेला सिलि समापनको अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय संघ संस्थाका प्रतिनिधि लगायत स्थानीयहरु सहभागी भएर समुहिक रुपमा साकेला सिली नाँचमा सहभागी भएर रमाइलो मनाएका थिए ।
 

[ यो पनि -साकेला उभौलि-२०८१ को विदाईसँगै आज भव्य साकेला सिलि प्रतियोगिता हुँदै }

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

हलेसीन्युजडेस्क, खोटाङ / नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी...

Horoscopes Icon

All Horoscopes