सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन २३, २०८०, Khotang

Image

जापानका भूकम्प पीडितका लागि दिक्तेलरुपाकोट मझुवागढीबाट दुःख व्यक्त गर्दै सहयोग प्रदान


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले मित्र राष्ट्र जापानको तटीय नोटो क्षेत्रमा गत १ जनवरी २०२४ मा गएको शक्तिशालि भूकम्पबाट पुराएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेको छ । नगरपालिकाको तर्फबाट नगरप्रवक्ता दिनेशकुमार घिमिरेद्धारा फागुन २२ गते एक विज्ञप्ति मार्फत नेपाल र जापानको मित्रवत कुटनैतिक सम्बन्ध र नेपाललाई विगत देखि जापानले दुःखसुखमा साथ दिदै आएको असल मित्र रहेको स्मरण गर्दै जापानमा गएको भूकम्पले निम्त्याएको दुःखमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका साथ रहेको विश्वास दिलाउदै शक्तिशालि भूकम्पका कारणले जनधनको क्षतिका कारण विक्षिप्त त्यहाँका जनतालाई हाम्रो नगरपालिका हृदयबाट गहिरो सहानुभूति प्रकट गर्दछ भनिएको छ । 

    नगरप्रवक्ता दिनेशकुमार घिमिरेद्धारा जारी विज्ञप्ति

विज्ञप्तिमा भनिएको छ–‘वास्तवमा  भूकम्प जस्तो विपत्ति आकस्मिक र प्राकृतिक हुन्छ । भूकम्पले जहिले पनि जनधनको क्षति र कुनै पनि ठाउँमा कुनैपनि वेला आउन सक्छ भन्ने कुरामा हामी जानकार छौँ । त्यहा गएको शक्तिशालि भूकम्प र त्यसले निम्त्याएको मानवीय तथा प्राकृतिक क्षतिले हाम्रो मन रोएको छ । भौतिक रुपमा टाढा भएकोले चाहेर पनि यो विपदको घडिमा मानवीय सेवामा तत्कालै जट्न नसकको अहनुभूति भएको छ ।’

विज्ञप्तिमार्फत अगाडि भनिएको छ-‘हाम्रो देश नेपालका पश्चिमी क्षेत्र रुकुम र जाजरकोटमा पनि केही महिना अगाडि गएको भूकम्प र त्यसले पुराएको क्षथितको पिडा अहिलेसम्म पनि ताजै छ ।हालै जापानकमा भएको प्राकृतिक विपत्ति र त्यसले निम्त्याएके क्षति हामीलाईप्रत्यक्ष महसुस भैरहेको छ । यो विपद हामी नगरवासी र सिँगो नेपालीको पनि पिडा हो भन्ने बोध भैरहकाछौँ ।’ 

यो दुखको घडिमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तर्फबाट त्यहाको नागरिक तथा विध्यार्थीहरुलाई सानो सहयोग पुगोस भन्ने हेतुले नोटो प्रिफेक्चर शैक्षिक वोर्ड, नोटो पेनिन्सुला, जापानको माध्यमबाट रु २५ हजार नेपाली रुपैया आर्थिक सहयोग उपलव्ध गराइएको विज्ञप्ति मार्फत जनाइएको छ । यसैगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न विध्यालयका विध्यार्थीहरुले कोरेका १९ थान आर्कषक चित्रहरु समेत विपदमा सहयोगार्थ पठाइएको उल्लेख गरिएको छ । ती चित्रहरु जापानमा हुने चित्रकला प्रदर्शनीमा विक्री भएर प्राप्त रकम समेत भूकम्प पीडितका लागि उपयोग हुने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

गत अशोज १७ देखि २१ सम्म १४ दिेशका ४३ भन्दा वढी चित्रकारहरुको सहभागितामा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकामा सम्पन्न मुन्दुमअन्तर्राष्ट्रिय चित्रकला कार्यशाला र फागुन ५ देखि १७ तेसम्म ५३ देशका २१३ चित्रहरु सहितको काठमाण्डौमा सम्पन्न अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीले दिक्तेल श्ररुपकोट मझुवागढी नगरपालिकालाई जापानसँग अझ प्रगाढ सम्बन्धमा जोडेको जनाइएको छ ।

यो वर्षको अंग्रेजी महिनाको पहिलो दिन नै शक्तिशालि भूकम्पका कारण जापानको नोटो तटीय क्षेत्रका जनताले जनधनको क्षति व्यहोर्नु परेकोले मित्र राष्ट्र जापानलाई विज्ञप्ति मार्फत सहानुभूतिका साथ दुःख व्यक्त गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले हलेसी एफएमलाइ बताउनुभयो । उक्त दिन जापानमा स्थानीय समयअनुसार दिउँसो ४ः०६ वजे पहिलो पटक ५.७ म्याग्निट्यूडको भूकम्प मापन गरिएपछि पुन एक घण्टाको अवधिमा ७.६ म्याग्निट्यूड सहित कम्तीमा पाँचवटा भूकम्प मापन गरिएको थियो ।

             जापान पठाइएका केही चित्रहरु


 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

Horoscopes Icon

All Horoscopes