सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र २९, २०७९, HalesiTuwachung

Image

वडा कार्यालयको भौतिक पूर्वाधारमा जुट्यो हलेसीतुवाचुङ

 

हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको हलेसीतुवाचुङ नगरपालिकाले नागरिकहरुलाई सेवा प्रदान गरिने स्थानीय सरकारको प्रारम्भिक थलो वडा तहको भौतिक पूर्वाधारमा जोड दिएको छ । नागरिकलाई प्रत्यक्ष सेवा दिने प्रमुख विन्दु वडा कार्यालय सुरक्षित र व्यवस्थित हुनुपर्छ भन्ने मान्यताकासाथ नगरपालिकाले वडा नं. ७ हलेसीको कार्यालय भवनको वैदिक विधि अनुसार आज विहान ७ वजेको साइतमा  शिलन्यास गरेको हो ।

राष्ट्रिय योजना आयोगबाट विनियोजित सशर्त अनुदान र नगरपालिकाको वजेट समेत संयुक्त लगानीमा वडा नं. ७ को कार्यालयको साविक वडा भवन रहेकै जग्गामा सार्वजनिक शौचालय सहित दुई तले नयाँ भवन निर्माण हुने जनाइएको छ । भुइतलामा आन्तरिक श्रोत व्यवस्थापनका लागि चार कोठा  र माथिल्लो तलामा कार्यालय प्रयोजनका लागि तीन कोठा निर्माण गरिने वडाध्यक्ष कमल गीरिले बताउनुभयो ।

शिलन्यास कार्यक्रममा नगरप्रमुख विमला राई, उपप्रमुख रमेश राउत, प्रमुख प्रशासकीय अधिकृत.कैलाशबहादुर ठकुराठी, अधिकृत रविकरिण आर्चाय, वडाध्यक्ष कमल गीरि, वडा सदस्यहरु,वडाका कर्मचारी लगायत वडावासीहरुको उपस्थिति रहेको थियो ।

नगरपालिकाभित्रका वडा नं.१, २, ३ र ७ नं.वडाका लागि राष्ट्रिय योजना आयोगबाट सशर्त अनुदानका रुपमा विनियोजित रकम रु १ करोड र नगरपालिकाको साझेदारीमा नगरपालिकाका चार वडा कार्यालयका भवन निर्माण गरिने क्रममा वडा नं. ७ वडा कार्यालयका लागि विनियोजित रकम रु. ७९ लाख वजेटमा रु ५५ लाखमा टेण्डर प्रकृयाबाट  व्रदर्श युनाइटेड कन्स्ट्रक्सन ललितपुरले ठेक्का पारी यो भवन निर्माणका लागि आज शिलन्यास गरिएको छ । आगामी आषाढ २५ गतेभित्र भवन निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes