सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख १६, २०८०, Khotehang

Image

आफू पढेको विध्यालयप्रति सन्तोषको यसरी पोखियो माया / विध्यार्थीहरुको हात हातमा आकर्षक झोला उपहार

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको खोटेहाङ गाउँपालिका ६ इन्द्रेणीपोखरीका एक युवाले आफू पढेको विध्यालयका विध्यार्थीहरुलाई पुस्तक बोक्ने आकर्षक झोला प्रदान गर्दै विध्यालय प्रतिको माया र सम्मान प्रकट गरेका छन् । इन्द्रेणीपोखरीका युवा सन्तोष कार्कीले आफूले प्रारम्भिक शिक्षा प्राप्त गरेको विध्यालय इण्द्रेणीपोखरी माविमा कक्षा १ देखि १० सम्म अध्ययनरतः विध्यार्थीहरुलाई गत विहीवार पुस्तक बोक्ने आकर्षक झोला प्रदान गर्दै आफूले विध्यालयप्रति सम्मान र माया प्रकट गरेका हुन ।

 

काठमाण्डौँबाट साथी अजित भट्टका साथ आफ्नो जन्मस्थल इण्द्रेणीपोखरी आएर आफूले कक्षा ५ सम्म अध्ययन गरेर प्रारम्भिक शिक्षा आर्जन गरेको विध्यालयप्रति यसरी सम्मान र माया प्रकट गर्ने सन्तोष कार्कीप्रति अहिले विध्यालय परिवार मात्र होइन सिंगो गाउँवासी खुशी छन् । गाउँवासीहरुले सामाजिक सञ्जालमा उहाँको यो कामको सह्राहना गर्दै धन्यवाद दिइरहेका छन् ।

हलेसी एफएमले उहाँसँग सम्पर्क गर्दा पुस्तक बोक्ने सजिलो झोलाको अभावमा विध्यार्थीहरुको पुस्तकहरु हिफाजत नहुने, कापी कलम सुरक्षित नहुने आफूले पनि सानो हुँदा भोगेको पिडाका कारण विध्यार्थीहरुका लागि सम्सारा क्रियसन भन्ने संस्थासँग साझेदारी गरी पुस्तक वोक्ने झोला उपलव्ध गराइएको बताउनुभयो । आगामी दिनमा पनि यस्ता कामहरु गर्दै जाने समेत उहाँको प्रतिवद्धता थियो ।

 

इण्द्रेणीपोखरी म.वि.मा हाल कक्षा १ देखि १० सम्म २४० जना विध्यार्थीहरु रहेको र प्रत्येकलाई पुस्तक बोक्ने आकर्षक झोला उपलव्ध गराइदा विध्यार्थी, शिक्षक एवं अभिभावकको मनमा सन्तोष कार्कीप्रति सम्मान जागेको विध्यालयका शिक्षिका मणिकला राईले बताउनुभयो । उहाँको यो सत्कर्मबाट अरुलाई पनि यस्ता काम गर्ने प्रेरणा जाग्ने शिक्षिका राइले उल्लेख गर्नुभयो ।

विध्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र नारथुङ्गेको अध्यक्षतामा विहीवार विध्यालय प्राङ्गणमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष वशन्त राई, पूर्व वडाध्यक्ष देविन्द्र राई लगायत शिक्षक, विध्यार्थी तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको रावावेशी गाउपालिका वडा नं.४ डुम्रे धारापानीस्थित देउराली माविमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आँखा जाँच तथा शल्यक्रिया सहितको तिन...

‘यतिखेर आगोको प्रयोगमा सबैले सजगता अपनाउनु जरुरी’-प्रनाउ खड्का हलेसीन्युजडेस्क, खोटाङ सुख्खा मौसम...

Horoscopes Icon

All Horoscopes