मंसिर २७, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका, सिरुवासस्थित जालपा आधारभूत बिध्यालयको ५५ औं वार्षिकोत्सव बिभिन्न कार्यक्रमका साथ मनाइएको छ । बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर राइको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टरार्ईको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रमका साथ विध्यालयको ५५ औँँ वार्षिकोत्सव मनाइएको हो ।
कार्यक्रमका झलकहरु
मंसिर २५ गतेदेखि शुरु भएको वार्षिकोत्सवको आज समापन कार्यक्रममा कक्षा ६ देखि ८ कक्षाका विध्यार्थीहरुका वीच अन्तर विध्यालय स्तरीय हजारी जवाफ प्रतियोगिता, खुल्ला नृत्य तथा गायन प्रतियोगिताको आयोजना गरिएको विध्यालयका प्र.अ.राजकर्ण राईले हलेसी एफएमलार्ई जानकारी दिनुभएको छ ।
हाजिरी जवाफ प्रतियोगितामा जालपा आधारभूत बिध्यालयका विध्यार्थीहरु प्रथम र दोस्रो भएका छन् भने गौरी पन्चकन्या मा बि तेस्रो घोषित भएका छन् । प्रथम दोस्रो र तेस्रो स्थान हासिल गर्ने बिध्यार्थीहरुलाइ स्टेशनरीका सामानहरु बितरण गरिएको विध्यालय श्रोतले बताएको छ ।
यस्तै खुल्ला नृत्य तर्फ जालपा आ.वि. सिरुबासकी छात्रा प्रेरणा राई प्रथम, सोही विध्यालयकी छात्रा सरिता राई द्वितीय र कुहुँडाँडा मा. वि. फेदीकी छात्रा सुस्मिता राई तृतीय भएका छन् । यसैगरी सरस्वती. माध्यामिक विध्यालय पाथेकाकी छात्रा. खुशी राई सान्त्वना प्रथम, समावि पाथेकाकी छात्रा सबिता खत्री सान्त्वना द्वितीय र गौरीपन्चकन्या मा.वि. सुम्देकी छात्रा एन्जल राई सान्त्वना तृतीय घोषित भएका छन् ।
अर्को विधा खुला गायनतर्फ कुहुँडाँडा माध्यामिक विध्यालय फेदीका छात्र धनकुमार बि.क. प्रथम, जालपा आधारभूत विध्यालयका पूर्व विध्यार्थी भागुका दर्शन राई द्वितीय तथा सरस्वती माध्यामिक विध्यालय पाथेकाकी छात्र प्रार्थना राई तृतीय भएका छन् । प्रथम, द्धितीय र तृतीय हुने सबै विध्यार्थीहरुलार्ई नगद पुरस्कारका साथ ट्रफी र प्रमाणपत्र प्रदान गरिएको विध्यालय श्रोतले जनाएकोछ ।
महोत्सवका अवसरमा स्थानीय सिपबाट निर्माण गरिएका बाँसका विभिन्न सामाग्री तथा फलामका औजारहरु प्रदर्शनीमा राखिएका थिए ।
समापन कार्यक्रममा विषेष अतिथिहरु वडा नं. १० पाथेकाका वडाध्यक्ष मुगाधन राई, नगर शिक्षा सुधार कार्यदलका संयोजक एवं शैक्षिक अभियन्ता सूर्यबहादुर राई, वडा सदस्य सहरमान राई तथा शिक्षक, अभिभाभावक एवं विध्यार्थीहरुको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !