पौष ०६, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न काठमाण्डौँमा शैक्षिक सुझाव अभियान अन्तर्गत शैक्षिक क्षेत्रमा अनुभव वटुलेका विभिन्न व्यक्तिहरुका वीच अन्तरकृया गर्नुभएको छ । सामुदायिक विद्यालयलाई थप व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सहयोग पु¥याउने उद्देश्यले पौष ६ गते शनिवार काठमाण्डौस्थित टेक एआई कलेज नयाँवानेश्वरमा प्राज्ञ, शैक्षिक अभियन्ता, शिक्षाविद तथा पूर्व शिक्षकहरुसँग शैक्षिक सुझाव अभियान अन्तर्गत वृहत अन्तरकृया कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख तीर्थराज भट्टराइले हलेसी एफएमलाइ जानकारी दिनुभएको छ ।
पाँच घण्टासम्म सञ्चालन भएको अन्तरकृयात्मक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले शिक्षालाई सिर्जनासँग जोड्नुपर्ने बताउनुभयो । विध्यार्थीहरुलाई पुस्तक पढ्ने बानीको विकास गर्नुपर्ने, हरेक विध्यालयमा पुस्तकालयको व्यवस्था गरिनुपर्ने, प्रज्ञा प्रतिष्ठानबाट पनि पुस्तक उपलव्ध गराउन सकिने उहाँको कथन थियो । सबै मिलेर शिक्षामा सुधार गर्न एक्यवद्धता जनाउने हो भने आफू पनि २४ विध्यालयमा वर्षदिनभरि १५ दिन समय दिने डा. सुवेदीले बताउनुभयो ।
शिक्षाविद डा. तोयानाथ खनालले नगरप्रमुख भट्टराईले नगरपालिकाभित्र शैक्षिक सुधारका लागि गरिरहनुभएको प्रयत्न सह्राहनीय भन्दै जिल्लावासीले यसमा साथ दिनुपर्ने बताउनुभयो ।
शैक्षिक अभियन्ता भक्त राजभण्डारीले विध्यार्थीहरुलाई तल्ला कक्षा देखि नै पढाईमा ख्याल पुराउनुपर्ने भन्दै कक्षा ८ सम्म उनीहरुको जग भएकोले त्यो अव्धिमा शिक्षकहरुले वढी ध्यान पुराउनुपर्ने भन्नुभयो । सूचनाको केन्द्र विध्यालयलाई बनाउनुपर्ने, खेलमैदान, विध्यालयको भौतिक पूर्वाधारमा पनि ध्यान दिनुपर्ने र यसका लागि नगरपालिकाले कार्ययोजना बनाउनुपर्ने उहाँको भनाई थियो ।
बौद्धिक व्यक्तित्व डा. विष्णु राईले शिक्षामा नैतिक धरातलको जग बसाउनुपर्ने बताउनुभयो । आजभोलि नैतिक शिक्षा नपढाइने हुँदा विध्यार्थीहरुमा अराजकता फैलिईरहेको भन्दै नैतिक शिक्षा अनिवार्य गराईनुपर्ने भन्नुभयो । शिक्षण पेशालाई मर्यादित बनाइनुपर्ने, शिक्षकहरुले गर्वको अनुभूति प्राप्त गर्नुपर्ने, इमान्दार शिक्षकलाई पुरस्कृत र कामचोर शिक्षकहरु भएमा दण्डित गरिनुपर्ने उहाँको भनाई थियो । त्यस्तै राजनीतिलाई विध्यालयको वातावरणभित्र प्रवेश दिन नहुने उहाँको तर्क रहेको थियो ।
अर्का शैक्षिक अभियन्ता जयकुमार राईले हामी काठमाण्डौँमा रहेर शैक्षिक कर्ममा लागिरहेका खोटाङेहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जन्मस्थानलाई सम्झ र केही गर भनेर झकझक्याएको छ भन्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य र यातायातको गुणात्मक सुधार नभएसम्म शहर पसेका मानिसहरु गाउँ फर्कन्नन् भन्दै यस तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाँको सल्लाह थियो—नगरपाश्र्वचित्र तयार गरेर मात्र शैक्षिक कार्ययोजना बनाउनुपर्छ । शैक्षिक पुनर्जागरण अभियान शिर्षक राखेर त्यहाँको वस्तुस्थिति अनुसार कार्ययोजना बनाइएमा त्यो प्रभावकारी हुने उहाँको भनाई थियो ।
जनकल्याण मावि बौद्दका पूर्व प्रधानाध्यापक कुमारीकमला राईले हरेक शैक्षिक संस्थाका प्रधानाध्यापक सबैको अभिभावक हुन् उनको नेतृत्वमा विध्यालयको प्रशासन तथा शैक्षिक गतिविधि अगाडि बढ्ने हुँदा प्रधानाध्यापक वढी जिम्मेवार, कर्तव्यनिष्ट र अनुशासित हुनुपर्ने भन्नुभयो । उहाँले प्रअहरुमा शिक्षा प्रति हुटहुटी हुनपर्ने, अभिभावकहरुसँग गहिरो सम्बन्ध रहनुपर्ने, हरेक विध्यार्थीको मनोविज्ञान जानकारी हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै शैक्षिक अगुवा डा. राजकुमार राईले पनि व्यवहारिक र जीवनोपयोगी शिक्षा लागू गर्न सोही अनुसारको पाठ्यक्रम निर्माण हुनुपर्नेमा जोड दिनुभयोे ।
शैक्षिक अभियन्ता माधव अधिकारीले शिक्षा के को लागि ? पहिला यसको मूल्यांकन जरुरी छ भन्नुभयो । उहाँले सूचना, पछि सूधार अनि परिवर्तन–रुपान्तरण हुन्छ भन्दै शिक्षा व्यक्तिले होइन देशले नै पाओस भन्ने प्रकारको व्यवहार र शिक्षा दिने व्यवस्था हुनु पर्ने समुदायको योगदान नभई सामुदायिक विद्यालयमा गुणात्मक सुधार नहुने बताउनुभयो ।
अर्का सहभागी दिक्तेल रुपाकोट मझुवागढी ३ बाम्राङका राजु बस्नेतले हरेक विध्यालयका प्रधानाध्यापक, शिक्षक र विध्यालय व्यवस्थापनका अध्यक्षसँग नगर शिक्षा समितिले बार्षिक कार्य योजना माग गर्ने, त्यसलाई अध्ययन गर्ने र सुधार गर्नु पर्ने भए सुधार गरेर लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
अन्तरकृयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाको तर्फबाट नगरप्रमुख भट्टराईले नगरमा भैरहेको शैक्षिक अभियानका बारेमा चर्चा गर्नुएको थियो । उहाँले बताउनुभयो—‘नगरपालिकाको पहिलो प्राथमिकता नै शिक्षा क्षेत्र रहेको छ । सङ्घीय शिक्षा ऐन र नगर शिक्षा ऐनले दिएको अधिकारलाई सदुपयोग गरेर अघिल्लो वर्ष प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने परम्पराको थालनी गरेका छौँ । कतैबाट प्रश्न नउठ्ने गरी निष्पक्ष परीक्षा गरेर सबै सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्त गरेका छौँ । शिक्षा सुधार कार्यदल नै बनाएर काम गरिरहेका छौँ ।’
उहाँले अगाडि भन्नुभयो—‘अब नगरपालिकामा हामी व्यावहारिक शिक्षा लागू गर्दैछौँ । कार्यदलले दिएको सुझाव अनुसार शिक्षामा सुधार गर्न नगरपालिका लाग्ने छ । कार्यदलले स्वयंसेवकका रूपमा काम गरिरहेको छ ।’
नगरप्रमुख भट्टराईले बालबालिकालाई शिक्षामा गुणस्तरीयता कायम गर्न नगरपालिकाले जस्तोसुकै पनि सहयोग गर्न तयार रहेकाले बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउने काम अभिभावकको र उत्कृष्ट शिक्षा दिने काम नगरपालिकाको भएकाले निर्धक्क भएर सामुदायिक विद्यालयमा आफ्ना बाबुनानीहरुलाई पढाउन नगरपालिकाको अनुरोध छ भन्नुभयो ।
नगरप्रमुख भट्टराईसँगै अन्तरकृयात्मक कार्यक्रममा नगरपालिका वडा नं. १० पाथेकाका वडाध्यक्ष मुगाधन राईको पनि सहभागिता रहेको थियो ।
अन्तकृयामा सहभागी सबैले नगरपालिकाको तर्फबाट काठमाण्डौँमा रहेका खोटाङका शिक्षा प्रति चासो र लगाव हुने व्यक्तिहरुलाई एकठाउँमा जुटाएर महत्वपूर्ण शैक्षिक अन्तरकृयाको आयोजना गरिएकोमा नगरपालिकालाई धन्यवाद प्रकट गरेका थिए । यस्तो अन्तरकृया काठमाण्डौँमा समय समयमा नियमित गर्न सके शैक्षिक रुपान्तरणका लागि सहयोग पुग्ने उहाँहरुको भनाई थियो ।
कार्यक्रमको सहजिकरण टेक एआई कलेजका अध्यक्ष राजकुमार आचार्यले गर्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !