सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख २९, २०८०, Khotang

Image

खोटाङमा दश महिनाभित्र ट्राफिक नियम उलंघन गरेवापत रु २४ लाख वढी जरिवाना संकलन

 

हलेसीन्युजडेस्क, खोटाङ /

जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले  दश महिनाको अवधिमा करिब  तीन हजार चार सय पचास  सवारी साधनलाई कारबाही गरेर झन्डै रु. २४ लाख ३४ हजार रकम राजश्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रहरी सहायक निरिक्षक हिमाल पौड्यालका  अनुसार चालू आर्थिक वर्ष २०७९ / ०८० को साउनदेखि बैशाख  २८ गते सम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गरेका सवारीहरूलाई गरिएको कारबाहीबाट उक्त राजश्व सङ्कलन भएको हो । 

दिक्तेलबजार क्षेत्र, ग्रामिण क्षेत्र र मध्यपहाडी लोकमार्ग अन्तर्गत गरिएका नियमित तथा छड्के अनुगमनका क्रममा सवारीको अवस्था ठीक नभएका, कागजात नमिलेका, ट्राफिक नियम उल्लंघन गरेका लगायतबाट राजश्व सङ्कलन भएको हो ।

सबैभन्दा बढी कारबाहीमा पर्ने सवारीहरू जीप तथा बोलेरो  रहेका छन् । १५ सय ६३ वटा जीप तथा बोलेरोबाट  गरिएको कारबाहीबाट रु. १० लाख  ३० हजार रकम राजश्व सङ्कलन भएको जनाइएको छ । यस्तै ३१५ वटा ट्रक बाट रु २ लाख २९हजार, ५२ वटा टिफर कारबाहीबाट  रु. ४२ हजार ५०० सय, ७१ वटा बस कारबाहीबाट रु. ५० हजार, २९८ वटा ट्रयाक्टरबाट रु.२ लाख ११ हजार, १ हजार ७२ वटा मोटरसाइकल तथा स्कुटर कारबाहीबाट रु. ८ लाख १७ हजार र ६९ वटा टेम्पु कारबाहीबाट   रु. ५५ हजार  रकम  राजश्व उठेको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले हलेसी एफ एम लार्ई जानकारी दिएको छ ।

प्रहरी सहायक निरिक्षक पौड्यालका अनुसार खोटाङमा  ट्राफिकले पछिल्लो समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरू तथा बजार क्षेत्रमा ट्राफिक नियम अनुसरण गरे पनि ग्रामिण क्षेत्रमा प्रवेश गरेपछि नियममा लापरबाही गर्ने सवारीहरूमाथि बढी निगरानी गरिन थालिएको छ ।

निजी सवारी साधनहरूले प्रयोजन विपरित सार्वजनिक यातायातको जस्तै भाडामा सवारी सञ्चालन गर्दै आएकाहरुलार्ई पनि  प्रहरीले  निगरानीमा राख्ने गरेकाछन् । त्यस्ता सवारी साधनलाई पनि नियमानुसार अधिकतम कारबाही गरेर जरिवाना लिइदा  राजश्वमा समेत वृद्धि भएको जिल्ला  ट्राफिक प्रहरी सहायक निरिक्षक पोड्याल बताउनुहुन्छ । उहाँका अनुसार ग्रामीण क्षेत्रमा पनि छड्के अनुगमन हुने गरेको छ  ।  दिक्तेल बजार हुँदै काठमान्डौ, गार्ईघाट, बिराटनगर ,झापा , सोलुखुम्बु जानेहरूलाई पनि राम्रोसँग जाँच गर्ने काम भैरहेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।
 

 

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको साकेला गाउँपालिकामा यसै शैक्षिक सत्रदेखि कक्षा १–३...

स्थानीय सरकारलाई बुझायो १८ बुँदे शिक्षा सुधार सम्बन्धि ज्ञापनपत्र हलेसीन्युजडेस्क, खोटाङ नेपाल...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा ‘साविक वडा स्तरीय...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा यता केहीदिनदेखि दुर्घटनाजन्य घटनाका कारण अनाहकमा मानिसको ज्यान...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक ...

हलेसीन्युजडेस्क,खोटाङ आज देशैभरि ६ महिना देखि ५ वर्षमूनिका वालवालिकाहरुका लागि भिटामिन...

Horoscopes Icon

All Horoscopes