मंसिर २९, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ हाटडाँडा जिरो प्वाइन्टदेखि हलेसी एफएम हुदै मझुवागढी कालिका भगवती मन्दिर जाने सडक स्तरोन्नतिका लागि ढलानको काम गरिने भएको छ । मंसिर २९ गते शनिबार नगरप्रमुख तीर्थराज भट्टरार्ईको अध्यक्षतामा भएको एक कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सरस्वती वजिमयले हाटडाँडा देविथान सडकको ढलान गर्ने कामको शिलान्यास गर्नुभएको नगर प्रबक्ता एवं वडा नम्बर ५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरेले हलेसी एफएफलाई जानकारी दिनुभएको छ ।
कार्यक्रमका केही झलकहरु
[
ममता÷पिआर÷मोहन एण्ड व्याँसीगाउँ जेभी दिक्तेलले ठेक्का पारेको निर्माण कम्पनीले आगामी असार मसान्तसम्म सडक ढलान गर्नेगरी कार्यालयसँग सम्झौता गरेको बताइन्छ ।
वर्षादको समयमा उक्त कच्चि सडक हिलाम्मे भएर गाउँका स्थानीयवासी, मझुवागढी तथा देविथान जाने दर्शनार्थीका साथै सशस्त्र प्रहरीवल हलेसी गुल्मका सुरक्षाकर्मीहरुले अत्यधिक सास्ती भोग्ने गरेका छन् ।
हाटडाँडादेखि नै ढलान गरेर अप्ठेरो तथा वढी जोखिम भएको भागमा पहिलो चरणको ढलानको काम गरिने वडाध्यक्ष घिमिरे बताउनुहुन्छ ।
उहाँका अनुसार सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको रु २ करोड ८७ लाख रुपैयाँमा ६ सय मिटर सडक ढलान तथा १ हजार घनमिटर ग्याविन वाल लगाइने गरी तयारी गरिएको छ । ५ मिटर चौडाई हुने गरी सडकको ढलान गरिने जनाइएको छ ।
हलेसी एफएमसँगको छोटो कुराकानीमा नगरप्रमुख भट्टराईले नगरपालिकाभित्र सडक स्तरोन्नतिको कामलाई प्राथमिकता दिइने बताउदै भन्नुभयो—‘दिक्तेल सदरमुकामको वजारभित्रको ढलानकार्य अन्तिम चरणमा पुगेको छ । यथासम्भव यो आर्थिक वर्षमा बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हुर्लुङ जाल्पा जाने सडकमा केही सहजता आएको छ । दिक्तेल अस्पताल चौकदेखि मात्तिम जाने सडक स्तरोन्नतिका लागि पनि सम्बन्धित निकायमा जोड गरिएको छ । त्यस्तै वडा नं. ५ लफ्याङ मेघेचौरा हुँदै वडा नं. ४ खाल्ले डाँडाखर्कसम्म सडक स्तरोन्नति गर्न सक्दा आफैँ रिङरोड हुनसक्ने देखिन्छ, यस तर्फ नगरपालिकाले योजना बनाउनेछ ।’ आज शिलन्यास भएको ढलानको काम सम्पन्न भएपछि मझुवागढी तथा देविथान जान धेरै सहज हुने पनि उहाँले बताउनुभयो ।
नगरप्रमुख भट्टराईको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य वजिमयका साथै वडा नं.१ का वडाध्यक्ष नबराज राई, वडा नं. ५ का वडाध्यक्ष दिनेशकुमार घिमिरे, नगरपालिकाका कर्मचारीहरु, प्राविधिक टोली लगायत स्थानीयवासीहरुकोे उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !