कार्तिक ०९, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
नेपालीहरुको महत्वपूर्ण पर्व दशै समापन भएसँगै अर्को मुख्य पर्व तिहार नजिकिइरहेको छ । गाउँघरमा हर्ष र खुशीयाली छाइरहेको देखिन्छ । यस्तै अवसरमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पामा स्थानीयवासीले आ आफ्नो तर्फबाट श्रमदानमार्फत स्थानीय सडक मर्मत गरिरहेका छन् । गएको वर्षातका कारण क्षत विक्षत भएर यातायातका लागि कष्टदायक बनिरहेका स्थानीय ग्रामिण सडकहरुको यहीँ अवसरमा जालपावासीले श्रमदान मार्फत कात्तिक ८ गते विहीवार देखि सडक मर्मतको काम गरिरहेको वडा नम्बर–१२ जालपाका वडाध्यक्ष दान बहादुर रार्ईले हलेसी एफ एमलार्ई जानकारी दिनु भएको छ ।
वडा कार्यालयको अगुवाइमा विहीवारदेखि शनिवार सम्म तीनदिन सडक मर्मतको काम गरिने वडाध्यक्ष राई बताउनुहुन्छ । स्थानीय गाउँलेहरु, वडाका जनप्रतिनिधिहरु, स्थानीय विध्यालयका शिक्षक, बिध्यार्थीहरु बिभिन्न सघं संस्थाका प्रतिनिधिहरु करिव सयजनाको हाराहारीमा श्रम अभियानमा जुटिरहनु भएको जनाइएको छ ।
सडक अवरुद्ध भएपछि स्थानीयवासीको सक्रियतामा श्रमदान गरेर बाटो मर्मत गर्ने, हिलो भएको स्थानमा ढुङ्गा बिछ्याउने, सडकको नाली कटाउने लगायत काम भैरहेको वडाध्यक्ष रार्ई बताउनु हुन्छ । वडा कार्यालयको अनुरोध तथा स्थानीयवासीको सक्रियतामा जाल्पा बजारबाट छिमेकी गाउँ खार्मी जाने बाटोको लमर्खु खोलासम्मको सडक मर्मतको काम भैरहेको उहाँले बताउनु भयो । श्रमदानमार्फत विभिन्न सडक मर्मतसँगै सरसफाइको काम समेत भइरहेको छ ।
हामीलाई वडाध्यक्ष राई बताउनुुहुन्छ–‘ हिजोदेखि श्रमदानमार्फत सडक मर्मतसँगै विभिन्न काम गर्दै आएका छौँ । गएको वर्षातको समयमा गाउँको सडक बिग्रिएर आवतजावतमा समस्या भैरहेको कारण वडाको अगुवाइमा श्रमदान अभियान सञ्चालन गरिरहेका छौँ । यो अभियान कार्तिक १० गते सम्म ३ दिन गरिनेछ ।’ उहाँले थप्नुभयो–‘सबै काम वडाको सीमित बजेटले गर्न सम्भव नभएपछि हामीले श्रमदान अभियान सञ्चालन गरिरहेका छौँ ।’
जालपाले विगत लामो समयदेखि नै स्थानीय विकास निर्माणमा श्रमदान अभियानलाई श्रम सँस्कृतिको रुपमा निरन्तरता दिदै आइरहेको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !