सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन २२, २०८१, Khotang

Image

काठमाण्डौँदेखि खोटाङ–भोजपुर आएको वस दुर्घटना, दुईको मृत्यु, अन्य घाइते


हलेसीन्युजडेस्क, खोटाङ /

काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस सोमबार दुर्घटना हुँदा दुईजना यात्रुको ज्यान गएको छ । काठमाडौँबाट ३९ यात्रु बोकेर खोटाङ हुँदै भोजपुरतर्फ लागिरहेकोे बाग्मती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा सोमवार अन्दाजी ३ वजेतिर अचानक दुर्घटना हुँदा दुईजना पुरुष यात्रुको घटनास्थलमै मृत्यु भयो भने अन्य सख्त घाइते भएको थाहा भएको छ ।

घटनास्थल नजिक रहेका महेन्द्रझ्याडी प्रहरी चौकीमा खवर पुग्ने साथ १० मिनेटको अन्तरालमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीय नागरिकले घाइतेहरुको उद्धार गरेका थिए ।

मृत्यु हुनेमा हतुवागढी गाउँपालिका–१ भोजपुरका २६ वर्षीय बुद्धिमान तामाङको पहचान खुलेको बताइन्छ । अर्का मृतकको पहिचान भने खुल्न सकेको छैन । मृतक दुवैको शव सिन्धुलीमाडीस्थित सिन्धुली अस्पतालमा राखिएको छ । गाडी दुर्घटनामा परेका २३ घाइतेलाई सिन्धुली अस्पतालमा ल्याइएको थियो । घाइतेमध्ये गम्भीर घाइते भएका १० जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप उपचारका लागि पठाइएको थाहा भएको छ । सामान्य घाइते १० जना उपचारपछि घर फर्किएका छन् । 

यस्तै तीन यात्रु सिन्धुली अस्पतालमा उपचाररत छन् ।  अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटलगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएकोछ । गाडीमा सवार यात्रुहरु खोटाङ र भोजपुरका भएको बताइन्छ । गाडी मालिक ४६ वर्षीय कान्छा कार्की आफू निन्द्रामा रहेकाले गाडी दुर्घटना हुनुको कारण थाहा नभएको बताउनुहुन्छ ।  खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१ जयरामघारका गाडी मालिक कार्कीको हात र कम्मरमा चोट लागेको छ । यात्रामा रहका कार्कीका १२ वर्षीय छोरा वसन्त, दुई छोरीहरु २० वर्षीया गीताञ्जली र २१ वर्षीया पुष्पाञ्जलीसँगै उनको अस्पतालमा उपचार भइरहेको छ । 

उदयपुरका ४० वर्षीय रमेश दनुवारले गाडी चलाएका थिए । उनको हाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको जनाइएको छ। । बस दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

हलेसीन्युजडेस्क, खोटाङ / नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी...

Horoscopes Icon

All Horoscopes