सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन २०, २०८१, Khotang

Image

बाँझे—चखेवाभन्ज्याङस्थित मध्यपहाडी लोकमार्गमा जनश्रममार्फत मर्मत सम्भार


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको वाँझेच्यानडाँडास्थित मध्यपहाडि लोकमार्गको केही भागमा जनश्रमदान मार्फत मर्मत सम्भारको काम गरिएको छ । सडक कालोपत्रेको काम रोकिएर कच्चि सडकका रुपमा रहेको चखेवाभन्ज्याङ-बाँझेच्यानडाँडाको १० किमि सडक वर्षादका कारण यातायात सञ्चालन गर्न असहज भएकोले अशोज १८ र १९ गते जनश्रमदान मार्फत उक्त खण्डमा सडक मर्मत सम्भारको काम गरिएको थाहा भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईका अनुसार प्रतिनिधि सभा सदस्य रामकुमार राईको नेतृत्वमा जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, प्रमुख जिलला अधिकारी, सुरक्षा निकाय, निर्माण व्यवसायी लगायतको सहभागितामा सडक मर्मत सम्भार गरिएको जनाइएको छ । सडकमा रहेको हिलो, गेग्रान तथा पहिरोलाई पन्छाउदै बादुङदेखि बैकल्पिक सडकको प्रयोग गर्न सकिने गरी चार किमि सडक मर्मत गरिएको नगरपमुख तीर्थराज भट्टराईले बताउनुभयो । बादुङदेखि उता साविकको सडकखण्डमा भने अझ पनि अवरोध हटाउन सकिएको छैन ।

विभिन्न कार्यालय तथा व्यक्तिको समन्वयमा टिपर, जेसिभि र ट्याक्टर जुटाएर उक्त मर्मत कार्यमा प्रयोग गरिएको थियो । 

श्रमदानमा प्रतिनिधि सभा सदस्य रामकुमार राईका साथ जिल्ला समन्वय समितिका प्रमुख सनबादुर राई, उपप्रमुख सुरेशकुमार तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, नेकपा एमालेका नेता रामप्रसाद दंगाल, साकेला गाउँपालिकाकी उपप्रमुख विर्सिका राई, प्रमुख जिल्ला अधिकारी शिबकुमार कार्की, प्रहरी नायव उपरिक्षक प्रतिक विष्ट, सशस्त्र प्रहरी नायव उपरिक्षक दिपेन्द्र थापा, रणभिम गण मुढे व्यारेकका प्रमुख सेनानी केदार लामिछाने, साकेला गाउँपालिका वडा नं १ बाँझेका वडाध्यक्ष हेमन राई, शैक्षिक अभियन्ता सूर्यबहादुर राईलगायतका सहभागिता रहेको नगरप्रमुख भट्टराई बताउनुहुन्छ । 
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

हलेसीन्युजडेस्क, खोटाङ / नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी...

Horoscopes Icon

All Horoscopes