सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ १०, २०८०, Jantedhunga Gaunpalika

Image

चिसापानीमा साना होटल तथा लज व्यवसाय तालिम शुरु


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको जन्तेढुंगा गाउँपालिकामा नौ दिने साना होटल तथा लज व्यवस्थापन तालिम शुरु भएको छ । होटल तथा पर्यटन व्यवसायी संघ खोटाङको आयोजना तथा जन्तेढुङगा गाँउपालिकाको आर्थिक सहयोग र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान काठमान्डौको प्राविधिक सहयोगमा आज जन्तेढुङ्गा गाउँपालिकाको  वडा नं. ५ चिसापानी बजारमा नौ दिने उक्त तालिम शुरु भएको हो ।

होटल तथा पर्यटन व्यावसाय संघ खोटाङका अध्यक्ष जे.पि. रार्ईको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जन्तेढुङ्गा गाउपालिका अध्यक्ष अरुणादेवी रार्ई तथा विशेष अतिथि गाउपालिका उपाध्यक्ष खेमबहादुर खड्काले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उमेश गिरी, जन्तेढुंगा गाउपालिका वडा नं. ५ चिसापानीका वडाध्यक्ष धनबहादुर रार्ई समेतको उपस्थिति रहेको थियो । 

जन्तेढुंगा गाउँपालिकाभित्र स्वरोजगारको लागि दक्ष जनशक्ति उत्पादन गर्नु, होटल व्यवसाय सञ्चालनमा रहेका व्यवसायीहरुलार्ई आफ्नो व्यापार व्यवसायमा अझ कामयावी बनाउदै आर्थिक प्रर्वद्धनमा सहयोग पु¥याउनु र विदेशमा रोजगारीका लागि जान चाहने युवाहरुलाई पनि सिपमूलक जनशक्ति बनाउनु तालिमको मुख्य उद्धेश्य रहेको पालिका उपाध्यक्ष खेमबहादुर खड्का बताउनुहुन्छ । उपाध्यक्ष खड्का थप्नुहुन्छ-‘पालिकामा आउने अतिथिहरुको मन जित्न सके न व्यवसाय फस्टाउने हो र यसबाट आन्तरिक पर्यटनलाई पनि सवल बनाउन टेवा पुग्छ । ’

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका प्रशिक्षकद्धय अरुण पाठक र धर्म उप्रेतीले कार्यक्रममा सहजिकरण गरिरहनु भएको छ । पालिकाले चालिस जनाका लागि तालिममा सहभागि संख्या निर्धारण गरेका भए पनि स्थानीयहरुको चाहना र मागका आधारमा ४६ जनाले सहभागिता जनाउनुभएको छ । यो तालिम जेष्ठ १९ गते सम्म सञ्चालन हुने पालिकाले जनाएको छ ।


 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes