सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

जेठ १६, २०८०, Sakela Gaupalika

Image

साकेलाको बहुपक्षीय पोषण कार्यक्रम अन्तर्गत वीउपूजी अनुदानमा समावेशी महिला कृषक समूह छनौट


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको साकेला गाउँपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमको वीउपूँजी अनुदान कार्यक्रम अन्तर्गत महिला कृषक समूहलाई रकम हस्तान्तरण गरेको छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले सोमबार एक कार्यक्रममा समावेशी महिला कृषक समूह साकेला–४ मात्तिमका अध्यक्ष सरीता राईलाई एकमुष्ठ ६ लाख २५ हजार रुपैंया रकम हस्तान्तरण गर्नुभएको हो  ।

यसरी वितरण गरिएको रकमबाट समूहमा आवद्ध २५ जना महिला सदस्यलाई जनही २५ हजार रुपैंयाका दरले व्यवसायिक कार्यका लागि वीउपूँजी रकम उपलब्ध हुनेछ । आफूले प्राप्त गर्ने वीउपूँजी अनुदानबाट बाख्रा, तरकारी खेती लगायत व्यवसायमा सदस्यहरुले लगानी गरि वार्षिक रुपमा उक्त वीउपूँजीलाई वृद्धि गर्दै व्यवसायिक बन्नु पर्ने प्रावधान छ ।

रकम हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष राईले समूहले प्राप्त गरेको अवसरलाई सही सदुपयोग गर्दै समृद्ध, स्वस्थ्य र सुखी जीवनका लागि संवेदनशिल भएर काम गरि लक्ष्य प्राप्तिमा अहम भूमिका खेल्न महिला कृषक समूहलाई आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले बीउपूँजी रकमलाई पैसा दिने र लिने भन्दा पनि बहुक्षेत्रीय पोषण कार्यक्रमको लक्ष्य अनुरुप कार्य गर्न आग्रह गर्नुभयो । महिलाहरुको आर्थिक, सामाजिक उन्नतिका लागि अगाडी बढ्न स्वस्थ्य जीवन आवश्यक भएको बताउँदै सबै समुदायका महिलाहरुलाई अगाडी बढाउनका लागि पालिकाको तर्फबाट सक्दो सहयोग गर्ने समेत उपाध्यक्ष राईले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत गाउँपालिकाले विपन्न सुनौलो हजार दिनको आमा तथा किशोरीहरुको आयआर्जन सुधार गरि पोषणमा सुधार गराउने उदेश्यका साथ महिला समूहहरुको लागि प्रस्ताव आह्वान गरेको थियो । गाउँपालिका भरिका ८ वटा महिला समूहहरुबाट प्रस्तावपत्र आएकोमा समावेशी महिला कृषक समूह साकेला–४ सबैभन्दा उत्कृष्ट समूह छनौट भएको थियो । यसरी छनौट भएको समूहले एक वर्षभित्र समूहलाई सहकारीमा रुपान्तरण गर्नुपर्ने प्रावधान रहेको बहुक्षेत्रीय पोषण कार्यक्रम संयोजक नविन कुमार राईले बताउनुभयो ।
 

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको रावावेशी गाउपालिका वडा नं.४ डुम्रे धारापानीस्थित देउराली माविमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आँखा जाँच तथा शल्यक्रिया सहितको तिन...

‘यतिखेर आगोको प्रयोगमा सबैले सजगता अपनाउनु जरुरी’-प्रनाउ खड्का हलेसीन्युजडेस्क, खोटाङ सुख्खा मौसम...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ८ धितुङमा...

Horoscopes Icon

All Horoscopes