सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ ३१, २०८०, HalesiTuwachung

Image

हलेसी सल्लेको खवर--गाउँमै तालिम / गाउँमै रोजगारी


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको हलेसीतुवाचुङ नगरपालिका वडा नं.९ सल्लेमा स्थानीयहरुले गाँउमै सिमेन्ट र्ईन्टरलक ब्लक सामाग्री निर्माणको तालिम सिकेकाछन् । हलेसी तुवाचुङ नगरपालिकाको आयोजनामा प्रधानमन्त्रि स्वरोजगार कार्यक्रमको श्रोतबाट हलेसी तुवाचुङ नगरपालिका-९ सल्लेमा स्थानीय युवाहरुलाई सिमेन्ट र्ईन्टरलक ब्लक सामाग्री निर्माणको तालिम सिकाइएको  वडाध्यक्ष काशीराज रार्ईले जानकारी दिनु भयो । 

बेरोजगार जनशक्तिलार्ई गाँउमा नै रोजगारीको वातावरण सिर्जना गर्ने, गाउँमा निर्माण गरिने स साना भवनहरुका लागि गाउँमै निर्माण सामाग्री तयार गर्न सक्ने  दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले यो तालिम सञ्चालन गरिएको अध्यक्ष रार्ईले जानकारी दिनुभयो । 

तालिममा सहभागी हुनको लागि प्रधानमन्त्रि स्वरोजगार कार्यक्रम अन्तर्गत सुचिकृति हुनुपर्ने उहाँले बताउनुभयो । 

गत बैशाख तेश्रो साताबाट शुरु भएको सिमेन्ट इन्टरलक ब्लक निर्माण तालिममा ६ जना पुरुषहरुको सहभागिता रहेको जनाइएको छ । सिमेन्ट, बालुवा, गिट्ठी, र तालिमको व्यवस्थापन नगरपालिकाले गरिरहेको वडाध्यक्ष राई भन्नुहुन्छ । सामाग्री तयार गर्नका लागि औजार र मेशिन समेत नगरपालिकाले जुटाएको हो ।

बिहान १०ः०० बजे देखि अपरान्ह ४ः०० बजे सम्म सञ्चालन गरिएको तालिममा सहभागी हुनेहरुले हरेक दिन सुख्खा ज्याला रु. ६१६ प्राप्त गर्ने वडाध्यक्ष राई बताउनुहुन्छ । सिक्ने क्रममा तयार भएका सिमेन्ट व्लकहरुको दिगोपना हेरेर यसलाई व्यवसायिक रुपमा लैजान सकिने राई बताउनुहुन्छ । 

यस्तो तालिम नगरपालिकाले वडा नं. १ बाहुनीडाँडाको जयरामघाटमा समेत सञ्चालन गरेको छ ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes