सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड ३, २०८०, Rawabesi Rum

Image

डुम्रे धारापानीले गर्यो वडा-योजनाका वारेमा सार्वजनिक सुनुवाई


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको रावाबेसी गाउपालिका वडा नं.४ डुम्रे धारापानीले  चालु आर्थिक बर्ष २०७९/८० को योजनाका सम्बन्धमा सार्वजनिक सुनुवार्ई गरेको छ । डुम्रेधारापानीले  यस वडाभित्र  चालु आर्थिक  बर्षमा सघं, प्रदेश र पालिकाबाट विनियोजित वजेटबाट सञ्चालित योजनाहरुको वारेमा  शनिवार सार्वजनिक सुनवाइ गरेको हो ।

यस आवमा वडा नं. ४ डुम्रेधारापानीमा  सघं, प्रदेश,पालिका र वडाका गरी कुल २ करोड २५ लाख ८ हजार ३७ रुपैया बजेटबाट विविध योजनाहरु सञ्चालनमा आएकोे वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले हलेसी एफएमलाई जानकारी दिनु भएको छ । यस वडामा साना ठूला गरी करिब ४७ वटा योजना सञ्चालन भएको वडाध्यक्ष पाण्डेले जानकारी दिनु भयो । 

शनिवारको सार्वजनिक सुनुवार्ई  कार्यक्रममा आर्थिक बर्ष २०८०/८१ का लागि  डुम्रेधारापानीमा के कस्ता योजना र कार्यक्रम सञ्चालन गर्न सकिन्छ भनेर नयाँ बजेटको लागि समेत सुझाब संकलन  थालिएको वडाध्यक्ष पाण्डेले बताउनु भयो । सुझाब संकलन गर्ने क्रममा स्थानीय बासिन्दाहरुले  व्यवसायिक एवं आधुनिक कृषि खेतिका लागि सहयोग पुग्ने कार्यक्रममा जोड दिएका थिए । 

त्यस्तै  क्षेत्र, भुगोल अनुसारको सन्तुलित बजेट विनियोजन गर्नु पर्ने , खानेपानीलार्ई मध्यनजर गरी खानेपानीको पहुँच सम्पूर्ण वडाका जनता माझ पुर्याउनु पर्ने , सामुदायिक विध्युत वितरण केन्द्रलार्ई केन्द्रीय प्रशारणमा लैजानु पर्ने, कटहरे खोपखर्क देउराली, धारापानी, भोर्लेनी, खार्पाटार सडक १२ महिना नै सञ्चालन हुनुपर्ने, लक्षित वर्गका  कार्यक्रमहरु समावेश गर्नुपर्ने, पशु स्वास्थ्य स्याहार सम्बन्धि थप प्याकेज कार्यक्रम ल्याउनु पर्ने, शिक्षा सुधार र स्वास्थ्यको पहुँचमा ध्यान दिनु पर्ने  जस्ता सुझावहरु संकलन भएको वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले जानकारी दिनु भएको हो ।

सार्वजानिक सुनुवाई कार्यक्रममा विभिन्न सघं संस्थाका पदाधिकारी, विभिन्न उपभोक्ता समितिका पदाधिकारी सदस्यहरु, शिक्षक, बुद्धिजिवि  राजनीतिक दलका प्रतिनिधि, वडाका जनप्रतिनिधिहरु एवं स्थानीय वासिन्दाको उपस्थिति रहेको थियो ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes