सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड ९, २०८०, Diktelrupakotmajhuwagadi

Image

आर्थिक वर्ष २०८०/०८१ का लागि दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाको वजेट तथा कार्यक्रम सार्वजनिक


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले २०८०/०८१ को अनुमानित वजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरप्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न नवौ नगरसभामा आज नगर उपप्रमुख विसन राईले २०८०/०८१ को अनुमानित आय व्ययका साथै वार्षिक कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

‘‘ नगर हाम्रो प्राण, नगर हाम्रो शान, नगरमै छ जिन्दगी, विकासमा छ ध्यान ’’  भन्ने मूल नाराका साथ आज प्रस्तुत भएको वजेटमा आगामी अर्थिक वर्षका लागि  ९८ करोड ६ लाख ५७ हजार रुपैयाको कूल अनुमानित वजेट पेश गरिएको छ । 

नगरपालिकाको नीति तथा कार्यक्रमको सम्बन्धमा नगरप्रमुख तीर्थराज भट्टराईले नगरभित्र कृषि प्रवर्द्धन, धार्मिक तथा पर्यटकीय स्थानहरुको प्रवर्द्धन गरिने कुरामा जोड दिनुभएको छ । त्यसैगरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि तर्जुमा गरेको वजेट तथा कार्यक्रमका वारेमा सभाहलमा सार्वजनिकीकरण गर्दै उपप्रमुख विशन राईले प्रस्तुत वजेट तथा कार्यक्रमको सफल कार्यान्यनबाट समृद्ध, सभ्य र विकसित नगर बन्नेतर्फ अग्रसर हुने विस्वास व्यक्त गर्नुभयो ।

नगर उपप्रमुख राईले आज पेश गर्नुभएको वजेट वक्तव्यमा अनुमानित आयतर्फ आन्तरिक आय रु १ करोड ८० लाखको अनुमान गरिएकोछ । त्यस्तै संघीय सरकार राजस्व बाँडफाँडबाट रु १३ करोड २४ लाख २९ हजार र प्रदेश सरकार राजस्वबाट रु १ करोड ९५ लाख ७८ हजार गरी संयुक्त राजस्व बाँडफाँडबाट जम्मा रु १५ करोड २ लाख ७ हजार प्राप्त हुने अनुमान गरिएको छ । संघीय सरकारबाट प्राप्त हुने अनुदान तर्फबाट वित्तिय समानिकरण अनुदान रु १४ करोड ९ लाख, समपूरक अनुदान रु ९० लाख,  विशेष अनुदान रु १ करोड ३५ लाख, सशर्त अनुदान चालु रु ४७ करोड ५० लाख र सशर्त अनुदान पुँजिगत रु ६ करोड ९ लाख गरी जम्मा रु ६९ करोड ९३ लाखप्राप्त हुने अनुमानित वजेट पेश गरिएको छ ।

यसै गरी प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तर्फ वित्तिय समानिकरण अनुदान रु ८९ लाख ६८ हजार, समपूरक अनुदान रु १ करोड ३० लाख , सशर्त अनुदान चालु ३६ लाख ७५ हजार र सशर्त अनुदान पूँजिगत रु १ करोड ४१ लाख ६९ हजार गरी जम्मा रु ३ करोड ९८ लाख १२ हजार प्राप्त हुने आँकलन गरिएको छ । आव २०७९/८० मा खर्च नभै वचत हुने अल्या रकम रु ७ करोड १५ लाख ३८ हजार अनुमान गरिएको छ ।

 

यसरी आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अनुमानित आय वजेट रु ९८ करोड ६ लाख ५७ हजार प्रस्तुत गरिएको हो । त्यसैगरी वजेटमा १० शिर्षकहरु तोकेर वजेट विनियोजन गरिने उल्लेख गरिएको छ ।

संघीय सशर्त अन्तर्गत चालु कार्यक्रम तर्फ रु ४७ करोड ५० लाख र संघीय सशर्त अन्तर्गतकै पुजिगत कार्यक्रम तर्फ रु ६ करोड ९ लाख विजेट विनियोजन गरिएको छ । यसैगरी संघीय विशेष अनुदान बाट संचालित आयोजनाहरुका लागि रु १ करोड ३५ लाख वजेट विनियोजन गरिएको छ ।

संघीय समपूरकबाट संचालित आयोजनाहरुका लागि रु १ करोड ८० लाख र प्रदेश समपूरकबाट संचालित आयोजनाका लागि रु २ करोड विनियोजन गरिएको छ । प्रदेश सशर्त अन्तर्गत चालु कार्यक्रम तर्फ रु ३६ लाख ७५ हजार र प्रदेश सशर्त अन्तर्गतकै पूजिगत कार्यक्रम तर्फ रु १ करोड ४१ लाख ६९ हजार वजेट विनियोजन गरिएको छ ।

यस्तै संघीय तथा प्रदेश अनुदान साझेदारी कार्यक्रमका लागि रु २ करोड ५६ लाख विनियोजन भएको छ । वडास्तरीय पूजिगत योजनाहरुका लागि रु ५ करोड ५० लाख ५० हजार र चालु तर्फ रु १ करोड ७६ लाख विनियोजन गरिएको छ ।निरन्तर चलिरहेका क्रमागत आयोजनाहरुका लागि जम्मा रु ३ करोड ५९ लाख वजेट छुट्याइएको छ ।

कार्यालयतर्फ प्रशासनिक खर्च रु १३ करोड ५९ लाख ७ हजार विषयगत कार्यक्रम तर्फ खर्च रु २ करोड ५५ लाख ५६ हजार र नगरस्तरीय योजना तथा कार्यक्रमका लागि रु ७ करोड ४८ लाख वजेट छुट्याइएको छ ।

यस्तै नगरवासीको आर्थिक तथा सामाजिक विकास प्रवद्र्धनका लागि कानून बनाई नगरप्रमुखसँग नागरिक कार्यक्रम कार्यान्वयन गरिने जनाइएको छ । जसका लागि रु ५० लाख वजेट विनियोजन गरिएको छ ।

यसैगरी विषयगत शिर्षकमा आर्थिक विकासका लागि   ‘‘मेरो नगर-म बनाउछु ’’भन्ने नीतिलाई आत्म सात गर्दै अर्गानिक नगर निर्माणमा जोड दिइने बक्तव्यमा उल्लेख छ । युवा लक्षित आर्थिक विकासका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर रोजगारी सिर्जना गर्ने उद्धेश्य राखिएको छ । आर्थिक विकासका लागि कृषि तथा पशुपञ्छिको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरु वजेट वक्तव्यमा तोकिएको छ ।   फलफूल प्रशोधन केन्द्रका लागि रु १ करोड वजेट विनियोजन गरिएको छ । सुविधा सम्पन्न कृषि वजार, कृषि कर्जा, वाली तथा पशुवीमा, वाँझा जमिनमा फलफूल लगाउने जस्ता साना ठूला कृषि कार्यक्रमहरुका लागि पनि वजेट विनियोजन भएको छ ।

कम्पोष्ट प्लान्ट तथा नमूना कृषि श्रोत केन्द्रलाई आवश्यक अध्ययन गरी थप व्यवस्थित गरिने भनिएको छ । चालु आर्थिक वर्ष २०७९/८०मा स्थापना भएका सुन्तला जात फलफूल पकेट कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने जनाइएको छ । खोतियोग्य जमिनमा बाह्रै महिना सिचाई सुविधा पुराउने उद्धेश्यले तीनै तहका सरकारको संयुक्त साझेदारी रहने गरी वजेट व्यवस्था गरिएको छ । रोजगारी तथा लघुउध्यम शिर्षकमा नगरपालिकाले विशेष वजेटको व्यवस्था गरेको छ । स्थानीय श्रोत साधानबाट निर्मित फर्निचर लयागत स्थानीय सामाग्रीहरुलाई प्रोत्साहन दिने नीति अवलम्वन गरिने जनाइएको छ । 

यसैगरी सहकारी कार्यक्रमलाई अगाडि बढाउन पनि वजेटको व्यवस्था गरिएको छ ।

कालिका भगवति तथा मझुवागढीलाई सौन्दर्यकरण गर्दै मझुवागढी कालिका देवीस्थानलाई फूलैफूलको पहाडमा रुपान्तरण गर्ने, बुइपामा निर्माणधिन विश्वकै सबभन्दा अग्लो किरात प्रथम राजा यलम्वरको मूर्ति निर्माणलाई निरन्तरता दिने, नेर्पाको साकेला भिलेज पार्क निर्माणलाई निरन्तरता दिने, नुनथलाको खाम्लामा हँतोलुङ साँस्कृतिक पार्क निर्माण कार्यको थालनी गर्ने जस्ता पर्यटन पूर्वाधारका लागि यथोचित वजेट विनियोजन गरिएको छ ।

यस्तै सामाजिक विकास अन्तर्गत शिक्षा क्षेत्रमा कक्षा ८ र एसईई मा उत्कृष्ट अंक ल्याउने सामुदायिक विध्यालयका छात्र र छात्रा गरी दुईजनालाई पुरस्कृत गरिने, स्थानीय पाठ्यपुस्तक छपाईको व्यवस्था मिलाउने, उच्च शिक्षा अध्ययन गर्ने दलित, जेहेन्दार तथा गरिव विध्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था मिलाउने आदि कार्यको लागि वजेट व्यवस्था गरिएको उल्लेख छ ।

खेलकुद प्रवर्द्धनका लागि माटिकोरेस्थित दिक्तेल रंगशाला निर्माणका लागि रु १ करोड ४९ लाख वजेट विनियोजन भएको छ ।

स्वास्थ्य क्षेत्रका लागि पनि वजेटमा उल्लेख्य व्यवस्था गरिएको छ । नगरपालिका भित्रका बेसहारा व्यक्तिहरुका लागि निशुल्क स्वास्थ्य वीमा गर्ने, १ नं. वडाका दिक्तेलवारीमा स्वास्थ्य संस्था स्थापना गरी आधारभूत स्वास्थ्य सेवाको विस्तार गर्न आवश्यक वजेट व्यवस्था गर्ने भएको छ ।

महिला वालवालिका, जेष्ठ नागरिक तथा समाज कल्याण शिर्षक अन्तर्गत महिला तथा लक्षित वर्गहरुका आर्थिक, सामाजिक, सशक्तिकरणका लागि  ‘‘उपप्रमुखसँग महिला उत्थान कार्यक्रम’’ सञ्चालन गरिने जनाइएको छ ।

शिल्पी समुदाय, फरक क्षमता भएका व्यक्तिहरु, सिमान्तिकृत वर्ग आदिका सिप विकास तथा सचेतना लगायत कार्यक्रममा जोड दिइने भनिएको छ । 

पूर्वाधारविकास अन्तर्गत नगरभित्रका कच्चि सडकहरुलाई आगामी वर्षदेखि बाह्रै महिना सञ्चालन गर्न सकिने बनाउन आवश्यक वजेट तथा श्रम सँस्कृतिको जग मजबुत बनाउदै यस्ता कार्यक्रमहरुमा जनश्रमदान जुटाउन व्यवस्थित नीति ल्याइने जनाईएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षको वजेट तथा कार्यक्रमको सफल कार्यान्वयनबाट नगरवासीले सुशासनयुक्त सेवा प्रवाहको महसुस गर्न सक्ने विस्वास लिएको जनाइएको छ । नगरपालिकाको आर्थिक , सामाजिक, साँस्कृतिक , पूर्वाधार, पर्यायवरणीय विकासमा उल्लेख्य प्रगति हुने आशा गरिएको वजेट तथा कार्यक्रममा उल्लेख  छ ।

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाबाट बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा कृषि उध्यम तथा व्यवसाय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलवजारमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल तामाङ घेदुङ खोटाङको नयाँ नेतृत्व चयन गर्दै...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा सञ्चालित पुरानो शैक्षिक संस्था...

Horoscopes Icon

All Horoscopes