सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड २०, २०८०, Sakela Gaupalika

Image

रतन्छामा तीन महिने सिलाई कटाइ तालिम सम्पन्न

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको साकेला गाउँपालिका-२ रतन्छामा  तीन महिने व्यवसायिक कपडा सिलार्ई कटार्ई तालिम  सम्पन्न भएको छ । ‘औध्योगिक लगानी र पुर्वाधार-समृद्धिको वलियो आधार’  भन्ने मूल नाराका साथ साकेला गाउँपालिका र घरेलु तथा साना उध्योग कार्यालय दिक्तेलको संयुक्त आयोजनामा गत बैशाख १० गतेबाट शुरु गरिएको तालिम असार १९  गते समापन भएको  हो ।

 

तीन महिने कपडा सिलार्ई कटार्ई तालिममा साकेला गाउँपालिकाका स्थानीय दश जना महिलाहरुको सहभागिता रहेको जनाइएको छ । तालिम अवधिभर प्रशिक्षक महेश परियारले उहाँहरुलाई सिलाई कटाई सम्बन्धि तालिम प्रदान गर्नुभएको पालिका श्रोतले जनाएको छ ।

तालिम समापन कार्यक्रममा व्यवसायिक रुपमा यस पेशालाई अघि बढाउने प्रतिवद्धतासँगै गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले दशै जना उद्यमी महिलाहरुलाई सिलाई कटाई मेसिन समेत प्रदान गर्नुभएको छ । तालिम समापन पश्चात सहभागीहरुले प्रयोग गरेको सिलाई कटाई मेसिन व्यवसायिक रुपमा प्रयोग गर्नेगरी उहाँहरुलाई नै हस्तान्तरण गरिएको हो ।  स्थानीय महिलाहरुलाई उद्यमशील बनाई आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत तालिम  सञ्चालन गरिएको पालिका श्रोतले जनाएको छ  । 

     

तालिम समापनको अवसरमा गाउँपालिका अध्यक्ष राईले साकेला गाउँपालिकाको एक घर, एक व्यवसाय, एक रोजगारको नीति अनुरुप महिलाहरुलाई सिप प्रदान गरिएको  स्पष्ट पार्नुभयो । 

वडा नं.२ का कार्यवाहक अध्यक्ष भक्तबहादुर कटवालको अध्यक्षता एवं  पालिका अध्यक्ष रबिप्रकाश रार्ईको प्रमुख  आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा तालिममा सहभागि महिला उध्यमीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा घरेलु तथा साना उद्योग विकास कार्यालयका वरिष्ठ लघुउद्यम सहजकर्ता सुरेशसिं धामी, वडास्तरीय जनप्रतिनिधिहरु, प्रशिक्षक  महेश परियार लगायत स्थानीय बासीहरुको उपस्थिति रहेको थियो ।  तालिम समापन सहजिकरण सामाजिक विकास अधिकृत दुर्गबहादुर राईले गर्नुभएको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाबाट बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा कृषि उध्यम तथा व्यवसाय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलवजारमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल तामाङ घेदुङ खोटाङको नयाँ नेतृत्व चयन गर्दै...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा सञ्चालित पुरानो शैक्षिक संस्था...

Horoscopes Icon

All Horoscopes