सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र ४, २०८०, Khotang

Image

आँखा पाक्ने रोग सँगै रुघाखोकीको संक्रमण बढ्न थालेपछि विध्यार्थीहरुको पठनपाठन प्रभावित


हलेसीन्युजडेस्क, खोटाङ /

केहीदिन यता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग तथा रुघाखोकी तिब्र रुपमा फैलिदै  गएसँगै खोटाङ जिल्लामा पनि यसको लक्षण देखा पर्न थालेको छ । जिल्लाको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाको  विभिन्न विध्यालयहरुमा अध्ययनरतः विध्यार्थीहरुमा आँखाको संक्रमण संगै रुघाखोकी फैलिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका  स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताउनु भयो । 

नगर स्वास्थ्य शाखा प्रमुख आचार्यका अनुसार भदौ ४ गते  नगरपालिकाले  दिक्तेलको सरस्वती माध्यामिक विध्यालय र पञ्च माध्यामिक विध्यालयमा  स्थलगत अनुगमन गर्दा अधिकांश विध्यार्थीहरुमा आँखा पाक्ने रोग तथा रुघाखोकी भेटिएको बताउनु भयो । संक्रमित हुनेमा  पञ्च मा.बि स्कुलका  कक्षा १० मा अध्यनरतः  जम्मा ३४ जना विध्यार्थीहरुमध्ये  ६ जना विध्यार्थीहरुलार्ई आँखा पाक्ने रोग लागेको कारण स्कुलमा उपस्थित हुन नसकेको जनाइएको छ । सोही विध्यालयका बाँकी २८ जनालार्ई स्वास्थ्य परिक्षण गर्दा अन्य १० जनालार्ई पनि आँखा पाक्ने  रोग देखा परेको थाहा भएको छ ।

यस्तै दिक्तेलवजारस्थित सरस्वती माध्यामिक विध्यालयमा पनि अधिकांश विध्यार्थीहरुमा  यस्तो रोग देखिएको स्वास्थ्य शाखा प्रमुख आचार्य भन्नुहुन्छ । सरस्वती मा.वि.मा अध्यनरतः १६ सय विध्यार्थीहरुमध्ये अधिकांश विध्यार्थीहरुमा आँखा चिलाउने, आँखा रातो हुने, पाक्ने र अत्यधिक दुख्ने समस्या देखिएको छ । यस्तो रोग देखिन थालेपछि  भदौ ५ गते देखि भदौ ८ गतेसम्म सरस्वती माध्यामिक विध्यालय बन्द गरिने सहायक प्रअ शिवहरि ढकालले हलेसी एफ एमलार्ई  जानकारी दिनु भएकोछ । 

आँखा चिलाउने, आँखा रातो हुने, पाक्ने र अत्यधिक दुख्ने समस्या देखिएको कारण  यस अघि माउण्ट एभरेष्ट वोर्डिङ स्कुल र  हिल सार्ईड बोर्डिङ स्कुलहरुले केही दिन विध्यालय बन्द गरेर पुनः  पठनपाठन शुरु गरेका छन् ।  दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले यसको रोकथामका लागि विद्यालयहरुमा सचेतनामुलक कार्यक्रम गरिरहेको आचार्यले बताउनुभयो ।

आँखा पाक्ने रोग सरुवा रोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकहरुको सुझाव रहेको छ ।

 

 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes