सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र ६, २०८०, Khotang

Image

खोटाङका न्यायिक समितिका पदाधिकारीलाई न्यायिक निरुपण सम्बन्धि प्रशिक्षण दिइयो


हलेसीन्युजडेस्क, खोटाङ /

इलाममा खोटाङका स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुलाई सहभागी गराएर विवाद, मेलमिलाप र न्यायिक समितिको कार्य सम्पादन प्रकृया सम्बन्धि कार्यशाला सम्पन्न भएको समाचार प्राप्त भएको छ । मानव अधिकार मञ्च नेपाल इलामको आयोजना, खोटाङ जिल्लाका सबै स्थानीय तहहरुको सहकार्य र नागरिक शान्ति सेवा समाजको सहयोगमा खोटाङ जिल्लाका स्थानीय तहका न्यायिक समितिका संयोजक, दुइ सदस्यहरु र उजुरी प्रशासकलाई सहभागी गराएर भाद्र १ गतेदेखि ५ गतेसम्म इलाम जिल्लाको सदरमुकामा विवाद, मेलमिलाप र न्यायिक समितिको कार्य सम्पादन प्रकृया सम्बन्धि कार्यशाला सम्पन्न भएको खोटाङ जन्तेढुङ्गा गाउपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक खेमबहादुर खड्काले हलेसी एफएमलाई बताउनुभयो ।

पाँचदिने कार्यशालामा न्यायिक समितिमा परेका उजुरीहरुको न्यायिक सम्पादनमा कसरी एकरुपता दिने तथा नियम सम्मत न्यायिक निरुपणलाई कसरी सम्पादन गर्ने भन्ने विषयमा सहजिकरण गरिएको उपाध्यक्ष खड्काले बताउनुभयो । त्यस्तै न्यायिक समितिले कार्य सम्पादन गर्दा अपनाउनुपर्ने प्रकृयाका विषयमा अभ्यासमूलक सिप, न्यायिक समतिको भूमिका , विध्यमान कानून र न्यायिक समिति, विवाद, मेलमिलाप र प्रकृयाजस्ता विषयमा जानकारी गराइएको थाहा भएको छ ।

मानव अधिकार मञ्च नेपाल इलामको अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता जसबहादुर लुङ्गेली, जिल्ला अदालत इलामका जिल्ला न्यायाधिस दिपककुमार दाहाल र इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी.श्रवणकुमार पोखरेल, मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा, योगराज सापकोटा, मनकुमार वराइली लगायतले सहजिकरण गर्नुभएको थियो ।

यो कार्यशाला अन्तर्गत कोशी प्रदेशका १४ वटै जिल्लाका स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुलाई सहभागी गराएर ५ दिनका दरले तालिम प्रदान गरिने मानव अधिकार मञ्च नेपाल इलामले  जनाएको छ ।

गोष्ठीका क्रममा इलाम जाँदा त्यहाँका धार्मिक तथा पर्यटीय स्थाल माइपोखरी, कन्याम चियावगान लगायत अन्य प्राकृतिक मनोरम स्थलहरुको अवलोकन गर्ने अवसर प्राप्त भएको उपाध्यक्ष खेमबहादुर खड्का भन्नुहुन्छ । उहाँ थप्नुहुन्छ -‘ खोटाङमा पनि प्रसस्त त्यस्ता ठाउँहरु छन् , जसलाई हामीले पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गर्न सक्छौँ  । ’ 
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes