सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

हलेसी एफएम संवाददाता

भाद्र ९, २०८०, Khotang

Image

निरन्तर वर्षादका कारण विध्युत प्रशारण लाइनमा क्षति पुग्दा विध्युत सेवा अवरुद्ध


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङमा वर्षादले विध्युत प्रशारण लाइनमा क्षति पुराउदा शुक्रवारदेखि विध्युत सेवा अवरुद्ध हुन पुगेको छ । निरन्तर वर्षादका कारण उदयपुरको जलजलेदेखि आउने ३३ केभिए प्रशारण लाइन अन्तर्गत उदयपुरको साउनेमा  सामान्य पहिरोका कारण  ४ वटा पोल ढलेको तथा ओखलढुङ्गा बाट आउने प्रशारण लाइन अन्तर्गत खोटाङको रावावेशी गाउपालिका-३ लामिडाँडा मंंगलादेवीथान छेउ ठूलो चिलाउनेको रुख ढलेर  पोल तथा तारमा क्षति पुग्न जाँदा  शुक्रवार विहान ९ वजेदेखि खोटाङमा विध्युत सेवा अवरुद्ध हुन पुगेको हो ।

 हाल विध्युत वितरण केन्द्र दिक्तेलबाट १५ जनाको प्राविधिक टोलि लामिडाँडामा पुगेर ढलेको रुख पन्छाउने काम भैरहेको तर अहिले पनि सामान्य वर्षा भैरहेकोले मर्मत कार्यमा वाधा पुगिरहेको वितरण केन्द्रका प्राविधिक टिका श्रेष्ठले बताउनुभयो । उदयपुर साउनेमा भने गाइघाटबाट विध्युत सामाग्री पुराएपछि मात्र मर्मत कार्य हुने उहाँले बताउनुभयो ।

लामो समयसम्म विध्युत सेवा रोकिदा सेवाग्राही मर्कामा परिरहेका छन् । यसका कारण स्थानीय हलेसी एफएमको प्रशारण पनि केही घण्टा प्रभावित बन्न सक्ने नि.स्टेशन म्यानेजर सुनिल श्रेष्ठको भनाइ छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पामा सञ्चालन भैरहेको...

हलेसीन्युजडेस्क, खोटाङ / डीस होमले टी-२० विश्वकप क्रिकेट र युरो...

रेडक्रस शाखा खोटाङले रक्तदानका साथ रेडक्रस दिवस मनायो हलेसीन्युजडेस्क, खोटाङ / आज...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’अन्तरपालिका...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल विभिन्न धर्म सँस्कृतिले विभूषित देश हो ।...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा कुनै समय निकै चर्चित र कृयाशिल रहेको...

Horoscopes Icon

All Horoscopes