सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

कार्तिक २४, २०८०, दिक्तेलरुपाकोट मझुवागढी

Image

दिरुम नगरपालिकाले भूकम्प पिडितहरुका लागि राहत सहयोग पठाउने


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले पश्चिम नेपालका जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावीत पिडितहरुका लागि सहयोग रकम पठाउने निर्णय गरेको छ ।  

आज वसेको नगर कार्यपालिकाको बैठकद्धारा गत कार्तिक १७ गते राती जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पबाट प्रभावित परिवारहरुको उद्धार राहत र पुनवासमा सहयोग पुराउन नगरपालिकाभित्रका जनप्रतिनिधिहरु, कर्मचारी र शिक्षकहरुको ३ दिनको सेवा सुविधा तथा तलव भत्ता कट्टा गरी सो बराबर हुन आउने रकम प्रधानमन्त्रि दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको हो ।

बैठकले भूकम्पमा परी ज्यान गुमाएका नागरिकहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । त्यस्तै घाइते भएकाहरुको स्वास्थ्यलाभको कमना गर्दै विपदको घडिमा खोज उद्धार तथा राहतका लागि क्रियाशिल सबैप्रति धन्यवाद प्रकट गरेको नगर प्रवक्ता एवं वडा नं. ५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरेद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
 

[ यात्रा संस्मरण तथा पुनर्मिलन] तीर्थराज भट्टराई कार्तिक २...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

Horoscopes Icon

All Horoscopes