सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र ११, २०८०, Kepilashgadi

Image

शिक्षालाई गुणस्तरीय तथा सुधारोन्मुख बनाउन केपिलास गढीका आठ माविलाई स्मार्ट टिभी वितरण

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङ जिल्लाको केपिलासगढी गाँउपालिकाले शिक्षालाई गुणस्तरीय तथा सुधारोन्मुख बनाउन गाँउपालिकाभित्र रहेका आठ वटा माध्यामिक विध्यालयहरुलार्ई आइतवार एक समारोहका वीच स्मार्ट टिभी हस्तान्तरण गरेको छ । विद्यालय सुधारको लागि केपिलासगढी गाँउपालिकाले  विध्यालयमा चाहिने पूर्वाधार र अन्य नवीनतम प्रविधि र सीपहरूको खोजी र प्रयोग गर्ने कुरामा अग्रसर हुदै ती विध्यालयहरुलाई स्मार्ट टिभी  उपलव्ध गराएको केपिलासगढी गाँउपलिकाका अध्यक्ष  समिर रार्ईले बताउनु भयो । 

खासगरी प्रविधिमैत्री कक्षा, डिजिटल शिक्षण एवं  विध्यार्थीहरुलार्ई सिकाईमा सुधार होस भन्ने हेतुले टिभी सेट वितरण गरिएको गाँउपालिकाले जनाएको छ । स्मार्ट टिभी पाउने विध्यालयहरुमा कुहुडाँडा मा.बि फेदी, शुक्रजित मा.बि खार्तम्छा, राष्ट्रिय मा.बि बाँस्पानी, पृथ्बि मा.बि बाक्सिला, जाल्पा मा.बि पिपलडाँडा, थर्पु मा.बि सप्तेश्वर, रेणुका मा.बि दिप्सुङ र सूर्य मा.बि सुङदेल रहेकाछन् ।  

गाँउपालिकाले शिक्षामा गुणस्तरीयताका साथै प्रविधिमैत्री बनाउने उद्देश्यबाट प्रत्येक घरमा एक असल नागरिक उत्पादन तथा शिक्षित समाज बनाउने ध्येयले पहिलो चरणमा  स्मार्ट टिभी बितरण गरिएको पालिकाले जनाएको छ । 

कार्यक्रममा केपिलासगढि गाउपालिकाका अध्यक्ष समिर रार्ई , उपाध्यक्ष गुरुराज राई, शिक्षा शाखा प्रमुख  सुरेन्द्र खनालसँगै सम्पूर्ण विध्यालयका प्र.अ तथा अन्य राजनीतिक दलका प्रतिनिधिहरु उपस्थित रहनु भएको थियो ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes